काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको तल्ला कमिटीको एकतासम्बन्धी कार्यदलको बैठक बिहीबार तीन बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भएको छ।
सोमबार बसकेको सचिवालय बैठकले कार्यदललाई मंगलबारसमम एकताको गृहकार्यका विषयमा जस्तो अवस्थामा भएपनि प्रतिवेदन ब्ुझाउन निर्देशन दिएको थियो, तर कार्यदलको बैठक बुधबार पनि बस्न सकेन। चौतर्फी विरोध भउपछि कार्यदलको बैठक बिहीबार बस्ने तय भएको हो।
गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र एनेकपा (माओवादी केन्द्र) बीच एकता हुँदा छ महीनाभित्र तल्ला कमिटीको एकता सक्ने घोषणा गरिएकामा यसबीचमा नेताहरुको व्यस्तता, विवाद, कहिले दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ वा कहिले सचिवालय, स्थायी कमिटी वा कार्यदल हुँदै एकताबारे टुङ्गो लगाउन पटक पटक जिम्मेवारी दिई काम थालिए पनि अन्तिम रुप पाउन सकेको छैन।
कार्यकर्ताहरु जिम्मेवारीबिहीन हुँदा निराशा व्यक्त गर्न थालिरहेका छन्। स्थायी कमिटीको गत पुस १२ को बैठकले सचिवालय सदस्य रामबहादुर थापा, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, लेखराज भट्ट, रघुवीर महासेठ र शंकर पोखरेलसम्मिलित कार्यदललाई पुस मसान्तभित्र एकता टुङ्गो लगाउन जिम्मेवारी दिइएको थियो।
कार्यदलले केन्द्रीय सदस्यको कार्यविभाजन, जिल्ला कमिटी र जनसङ्गठनको एकताबारे प्रतिवेदन दिनुपर्नेमा गत असोज ५ गतेको सचिवालय बैठकको निर्णयबाट तय भएको प्रदेश सङ्गठन कमिटीका इञ्चार्ज, सहइञ्चार्ज अध्यक्ष र सचिवका विषयमा विवाद उत्पन्न हुँदा बैठक नबसेको बुझिएको छ। प्रदेश र जिल्ला कमिटीको सङ्ख्या भने निर्धारण भइसकेको छ।
(Xanax)
Leave a Reply