Shikhar News

News from Nepal

नेपालको निर्यात व्यापार बढाउन सक्दो पहल गर्ने राजदुत आचार्यको प्रतिवद्धता

काठमाडौं, २४ माघ । भारतका लागि नवनियुक्त राजदुत निलाम्बर आचार्यले नेपालको निर्यात व्यापार बढाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका छन्।

भारतका लागि नवनियुक्त राजदुत आचार्यले मुलुकको समृद्धिका लागि निर्यात व्यापारमा जोड दिन आवश्यक रहेकाले आफूले सोही कामलाई भारतमा रहँदा प्राथमिकताका साथ अघि बढाउने बताए।

बिहीबार नेपाल चेम्बर अफ कमर्शले काठमाडौंमा आयोजना गरेको नवनियुक्त राजदुतहरुको सम्मान कार्यक्रममा बोल्दै उनले आर्थिक कूटनीतिका लागि आवश्यक सुझाव दिन पनि निजी क्षेत्रकमा व्यवसायीहरुलाई आग्रह गरे।

आर्थिक कूटनीतिको माध्यामबाट मुलुकमा लगानी भित्रयाउन आवश्यक पहल गर्ने नवनियुक्त राजदुत आचार्यको योजना छ। उनले कृषि, पर्यटन, जडिबुटी र जलविद्युत क्षेत्रमा भारतीय लगानी बढाउन पनि आफूले पहल गर्ने बताए।

राजदुत आचार्यले नेपालमा लगानी बढाउन निजी क्षेत्रका व्यवसायीहरुले ठोस योजना बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याए। कार्यक्रममा विभिन्न मुलुकमा लागि नियुक्त गरिएका राजदुतहरुको पनि सम्मान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *