New from Nepal

चितवनमा तरबार प्रहार गर्ने एक युवा पक्राउ

चितबन।चितबनको रत्ननगर नगरपालिका- ९  बुद्धचोकमा एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

बुद्धचोकमा एकजना युवकलाई तरबार प्रहार गर्ने स्थानीय सञ्जित बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ हो ।बस्नेतले किरण घिमिरेलाई मोटर साइकलमा आइरहेको बेला माघ १० गते बुद्धचोकमा तरबार प्रहार गरेको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी चितवनका प्रमुख दयानिधि ज्ञवालीले जानकरी दिएका छन् ।पुरानो झैझगडा र रिसिइबीका कारण बस्नेतले तरबार प्रहार गरेको प्रहरीले जनाएको छ । बस्नेतले प्रहार गरेको तरबार घिमिरेलाई नलागी मोटरसाइकलमा लागेको थियो । बस्नेतले स्थानीय रुपमा डरधम्की र तर्साउने कार्य गर्दै आएको स्थानीयको भनाइ छ ।

घटनाको सूचना थाहा पाएपछि तत्काल पुगेको प्रहरीले तरबार प्रहार गर्ने बस्नेतलाई घटनास्थलबाटै पक्राउ गरेको डिएसपी ज्ञवालीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *