New from Nepal

रोल्पाली सेवा समाज मलेसियाको अधिवेशन सम्पन्न

उमेश बन्जाडे
माघ २४, मलेसिया
समझदारीता र विवेकपुर्ण एकतानै रोल्पालीहरुको पहिचान भएको हुँदा  त्यसलाई थप फराकिलो बनाउदै मातृभूमिमा समर्पण गर्नुपर्ने मलेसियामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्। "मातृभूमिका लागि विश्वभरिका रोल्पालीहरु गोलबन्द बनौं" भन्ने मुलनाराका साथ गठित अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज मलेसियाको प्रथम अधिवेशनका सहभागीले उक्त विषयमा जोड दिएकाहुन् । समाजका मलेसिया शाखा अध्यक्ष राजकुमार बुढामगर 'शुगम' को  अध्यक्षता एवं केन्द्रीय उपाध्यक्ष टोपबहादुर पुन मगरको प्रमुख आथित्यमा क्वालालम्पुरमा सम्पन्न अधिवेशनले ७ सदस्यीय सल्लाहकार समिति तथा २२ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ।

अधिवेशनमा समाजका मलेसिया शाखा उपाध्यक्ष पार्वती बुढा मगर र समाजकै केन्द्रीय सदस्य मिराज घर्ती मगर बिच बिबाह कार्यक्रम पनि सम्पन्न भएको छ। राष्ट्रिय गान गाएर शुभारम्भ भएको अधिवेशनमा शहीदहरुको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्दै रोल्पाली सेवा समाज मलेसियाका संस्थापक अध्यक्ष दिवंगत मोहनसिंह घर्ती मगरको तस्बिरमा माल्यार्पण गरि श्रद्धाञ्जली व्यक्त गरिएको समेत गरिएको थियो।

समाजका महासचिव रामप्रसाद पुनको स्वागत मन्तव्यबाट सुरुभएको अधिवेशनले उपाध्यक्षमा तिर्थ बहादुर खत्री र पार्वती बुढा मगर, महासचिवमा रामप्रसाद पुन मगर, सचिवमा अर्जुन घर्ती मगर, सह – सचिवमा दिपक विष्ट, र कोषाध्यक्षमा सुवास रोका क्षेत्रीलाई चयन गरेको छ। त्यसैगरी मनसुर थापा, अर्जुनकुमार बुढा मगर, कमानसिङ घर्ती मगर र नवराज वली लगायतकालाई सदस्यमा चयन गरिएको छ भने टोपबहादुर पुन मगर, तेजबहादुर बुढा मगर, दिपक संघर्ष, रुपधन घर्ती मगर, पुष्पकमल पुन मगर, दिलबहादुर रोका मगर र सुर्य घर्ती मगरलाई सल्लाहकारमा चयन गरिएको अधिवेशनको सहजिकरण सचिव अर्जुन घर्ती मगरले गर्नुभएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *