डिभी, पिआरबाट किन पछि हटे मन्त्री लालबाबु !

२०७५ माघ २८ सोमवार
Newsdesk Shikharnews

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित मन्त्री हुँदा प्रशासन सुधारका धेरै आसा गरिएको थियो । तर, उनले अघिल्लो कार्यकालमा शुरु गरेका डिभी, पिआरलगायतका प्रशासनका सुधारसमेतलाई अघि बढाउन सकेनन् ।

यसअघि उनी आफैले शुरु गरेको प्रशासन सुधारको प्रयास डिभी, पिआर लिएका कर्मचारीलाई निजामती प्रशासनमा रहन नपाउने निर्णय गरेका थिए । अहिले उनी त्यस निर्णयबाट पछि हटेका हुन् । सरकारबाट स्वीकृत भैसकेको संघीय निजामती सेवा ऐन विधेयकमा यसअघि मन्त्री पण्डितले ल्याएका दुवै व्यवस्था हटाइएको छ ।

उनी यसअघि २०७० सालमा सामान्य प्रशासनमन्त्री भएका थिए । त्यसबेला मन्त्री पण्डितले ऐन संशोधन गरी डिभी पिआर लिएका कर्मचारीलाई सेवामा रहन नसक्ने व्यवस्था गरेका थिए ।

५ वर्षपछि उनकै नेतृत्वमा बनेको संघीय निजामती सेवा ऐनले पहिलेका व्यवस्था ऐनको मस्यौदाबाट हटाइएको छ । यसअघिको निजामती सेवा ऐनमा अन्य मुलुकको स्थायी आवासीय अनुमति लिएका कर्मचारीले जागिर वा एक छोड्नुपर्ने व्यवस्था थियो । अहिलेको मस्यौदामा त्यो हटाइएको छ ।

Loading...