“उपेक्षित वैदेशिक श्रमिक “

२०७५ फागुन ७ मंगलवार
NewsDesk ShikharNews

केहि महिना अगाडि मात्र हो मुलुकभरी नै कर आतंक मचियो जस्को प्रभाव बिदेश बाहिर श्रम गर्ने श्रमिकहरु अप्रत्यक्ष प्रभावित भए पनि मुलुक भित्र नै ब्यापार ब्याबसाय रोजगारी गर्नेहरू प्रत्यक्ष प्रभावित भएकोले यसको बिरोध पनि मुलुक भित्र जताततै सर्बत्र देखियो तर आज मुलुक भित्र बस्ने नागरिकलाई भन्दा पनि मुलुक बाहिर कार्यरत सात समुन्द्र पारी उम्लिएको हावापानी पचास डिग्री भन्दा धेरै गर्मीमा रगतको पसिना बगाउने श्रमिकहरु देखि लिएर विश्वभरी विभिन्न उदेश्य लिएर गएका सारा नेपाली दाजुभाई दिदिबहिनीहरु आतंकित भए आतंकित हुनको मुख्य जड थियो श्रमिकहरु बर्षौ पछि पराय भुमि बाट घर फर्कदा साथमा घरयासी प्रयोजनका लागी लियाएको निजी गुन्टा र झिटी भारीमा सरकारले कडाई गर्नु । कडाई यतिसम्म कि अतिरिक्त घरियासी सामान भन्सार तिरेर लान्छु
भन्दा पनि नदिएर जफत नै गरिदिए जफत गरिएको सामनहरु सामान्य मोबाईल देखि लिएर एक दुई बोतल मदिरासम्म थिए जुन एयरपोर्ट भित्र डुट्यी फ्री मा केहि सरल मुल्यमा पाउने भएकोले प्राय बिदेश बाट फर्कदा कोसेली स्वरुप ल्याउने गरिन्छ ।यसरी जफत गरिएका बस्तुहरु सबै घरायसी प्रयोजनका लागि साथसाथै परिवार सथीभाईको लागि भनेर ल्याएको सामाग्रीहरु थिए ।

त्यसैको परिघट्ना सरुप देखिएको असन्तुष्टिको सृन्खलाहरु
सातौ विश्व सरकार शिखर सम्मेलनमा सहभागी हुनको निम्ति युएई पुगेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई
२०७५माघ २६ गतेशुक्रबार युएईमा रहेको नेपाली दूतावासले गरेको अन्तर्क्रिया कार्यक्रममा युएई मा कर्यरत सहभागी नेपाली काम्दारहरुले बिदेश बाट फर्कदा काम्दारले लियाएको स साना सामानमा सरकार ले किन अँखा गाडेको हो भन्ने लगायत विभिन्न प्रश्नहरु संगै असन्तुष्टि जाहेर गरेका थिए ।

भने गैरआवासिय नेपाली संघ९एनआरएनए, ओमान० ले समेत झिटिगुण्टा सम्बन्धमा गरेको अनावश्यक कडाईले वैदेशिक रोजगारीमा रहेको नेपाली श्रमिक आतंकित भएकोले यसलाई सहजता बनाउनु पर्ने वैदेशिक रोजगारिमा रहेको श्रमिकहरु माथी सेवा र सुबिधा दिनुको बद्ला विभिन्न कोणहरु बाट प्रहार शोषण र अन्याय भहिरहेकोले सरकारको ध्यानाकर्षण गराउन गैरआवासिय नेपाली संघ एन आरएनका अध्यक्षलाई आग्रह समेत गरे।

अर्कोतिर सामाजिक संजाल समेत संसारभरि छरिएर रहेका नेपालीहरु यस्को व्यापक बिरोधमा उत्रिए पत्रकार अनि कलाकारहरु समेत यसलाई खण्डन गर्दै श्रमिकको पक्षमा उभिएको देखियो ।

आज राज्यको अर्थत्रन्त्र रेमिटेन्सको भरमा गुज्रिएको छ यदि आज बर्षिक सात अर्बको हाराहारीमा रेमिटान्स नभित्रीने हो भने अर्थतन्त्रको सास एकैछिनमा रोकिन्छ आज मुलुक यो दुर्गतिमा किन छ भन्दा हामी सबै जानकार नै छौं मुलुक भ्रस्टाचारमा चुर्लुम्म डुबेको छ दक्षिण एशियाली मुलुकमा अबगानिस्थान र बाङ्लादेश पछिको चरम भ्रष्टाचार हुने मुलुक हाम्रै मुलुक हो भनेर
ट्रन्सपरेन्सी इटरनेशनलको प्रतिबेदनमा ऐना जस्तै छर्लङ्ग छ।
उत्पादन र उत्पादकत्व छैन उधोग र कलकारखानाको बिकास हैन बन्द भएको कल कारखाना समेत खुल्न सकेको छैन ।ब्यापार घाटा बड्दो छ हामी कृषिजन्य बस्तु मात्र अर्बौं रुपैयाको खरिद गर्छौ किन कि जुन देशमा ८० प्रतिशात जनता कृषिमा आधारित छ त्याहाँको कृषिक नै सबैभन्दा धेरै गरिबिको चपेटामा छ कृषिलाई सम्पन्न बनाउने निति नभएकै कारण यहाँ कोहि पनि कृषिप्रति आकर्षित छैन । आज उखु कृषिको हालत एउटा दृस्टात मात्र हुन सक्छ। त्यसैले देशको अर्थतन्त्र नाजुक अवस्थामा छ। बिदेशमा बर्सौ सम्म पसिना बगाएर गरिब श्रमिकको छोराछोरीले घर फर्कदा लियाएको एक दुई थान घडी र मोबाईल र केटाकेटीको खेलौना समग्रमा घरियाशी प्रयोजनका निम्ति लियाएको झिटी गुन्टाले देशको अर्थतन्त्र बिग्रिएको किमार्थ हैन । हामी स्पष्ट हुँदाहुँदै पनि किन वैदेशिक रोजगारी बाट फर्कने श्रमिकहरु विमानस्थलको प्रवेशद्वारमा नै यसरी सास्ती खेप्नुपर्छ यसलाई परिस्थिति अनुकुल बनाउनुको बद्ला झनधेरै बोझिलो किन बनाईदै छ यी प्रश्नहरु अनुत्तरित छन् । यो घटना त एउटा वैदेशिक रोजगारीमा गएका श्रमिकहरु माथी गरिएको शोषणको प्रतिनिधि घटनाको रूपमा उठेको ज्वारभाटा मात्र हो ।

हिजा दश बर्षको दन्दकालमा जो प्रताडित भए पढ्ने बेलामा पड्न पाएनन् घर परिवार तितरबितर बनाईए अन्त्यमा केहि सीप नलागे पछि गरीबीको कारण भौतारिदै गर्दा एउटा दलालको चङुलमा फेरि फसे बिदेश पुगेपछि फेरि अर्को दुखको अध्याय सुरु भए तर यसलाई रज्यले नजरअन्दाज गर्न नै सकेन बरु उल्टै अदक्ष काम्दार वैदेशिक रोजगारमा पठाउने फितलो अनि अपरिपक्व निति अप्नाईरहे परिणामस्वरूप आज बिस्वको विभिन्न मुलुकमा अदक्ष काम्दारको रूपमा नेपाली दाजुभाइ दिदिबहिनीहरु सन्सारभरी जताततै अशुरक्षित कठिन अनि सस्तो श्रम बेच्न पुगे त्यसैको परिणाम हो आज हरेक दिन तीन चार वटाको हाराहारीमा वैदेशिक रोजगारीमा गएकाहरुको मृत शरीर त्रिभुवन बिमानस्थलमा आइपुग्नु । सबैभन्दा भन्दा ठुलो प्रहार यो हो आजको घडीमा ।

बिश्वाको हरेक ठाँउमा सबैभन्दा असुरक्षित, कठिन अनि कम ज्यालामा श्रम गर्ने देखि लिएर बिदेशमा घरेलु हिंशामा पर्ने अधिकाश नेपाली दाजुभाई दिदीबहिनीहरु नै छन् तर बिडम्बना अझैसम्म सरकारको ध्यान केन्द्रित भएको छैन आज राज्याको ध्यान जुन विषयमा हुन पर्ने हो जुन विषयमा सदनमा गहन बहस हुन पर्ने हो त्यो हुन सकिरहेको छैन बरु उल्टै श्रमिकले घरायसी प्रयोजनका लागि ल्याएको निजि गुन्टा र झिटी भारीमा आँखा गाडनु लज्जास्पद हो ।

आज करिब ६० लाखको हाराहारीमा वैदेशिक रोजगारी रहेको जसमध्ये
७४ प्रतिशात अध्यक्ष २४ प्रतिशत अर्धदक्ष अनि २ प्रतिशत मात्र दक्ष कामदार वैदेशिक रोजगारमा रहेको जानकारहरु बताउँछन् ।
यदि यहीँ तथ्यांकलाई आधार माने हो भने ४४ लाख ४० हजार नेपाली कामदार अदक्ष काम्दारको सुचीमा पर्छ यहीँ दाजुभाई दिदिबहिनीहरु नै हुन सबैभन्दा कठिन काम गर्ने सस्तो ज्यालामा काम गर्ने हिंशामा पर्नेहरु । आज यिनै श्रमिक हरु नै हुन आफ्नै मुलुको विमान स्थलमा झिटी गुन्टाको बाहानामा सास्ती खेप्नु पर्ने अपमानित हुनपर्ने । के आजको राष्ट्रिय राजनितीमा राज्यामा अर्थिक समृद्धिको कुरा राजनीतिक समृद्धिको कुरा सामाजिक समृद्धिको कुरा चलिरहदा यि श्रमिकको हक र हितको बिसयमा चाहिँ कहिले बहस हुँदैन किन रुआज आम ६० लाख नेपाली दाजुभाइ दिदीबहिनीको आक्रोश सहितको प्रश्न हो यो । किन राज्य रेमिट्यान्समा मात्र केन्द्रित भए श्रमिक मैत्री हुन किन सकेन रु बरु उल्टै गरिब श्रमिकको निजि झिटी गुन्टा जफत गरेर लिलामीमा राख्दै राज्यले उपलब्धिको रूपमा लिनु निन्दनीय विषय बनेको छ समृद्धि नेपाल र सुखी नेपालीको नारा लिएर हिडेको राज्या वैदेशिक श्रमिक मैत्री चाहिँ कहिले बन्ने होरु

आज बिस्वको जतिपनि समुन्द्री मार्गबाट जोडिएको मुलुकहरु छन् ती मुलुकका श्रमिकहरु सयौं केजि सामान कार्गो गरेर लैजाने गर्छ जुन मुलुकको सरकार बिदेशमा काम गर्ने श्रमिक मैत्री भएको कारणले गर्दा नै जाहाँ कार्यक्षेत्र हो सोही मुलुकबाट घरियासी प्रयोजनका लागी सयौं के जि सामान लैजान सहज भएको छ यदि हाम्रो मुलुक पनि अन्तर्राष्ट्रिय समुन्द्री मार्ग संग सिदा सम्पर्क भएको भए आज झिटी गुन्टा नियन्त्रण गर्ने सरकारले कस्तो निति लिने थियो होला यो पनि सोचनिय बिषय बनेको छ ।एकातिर हाम्रो मुलुकमा श्रमिक मैत्री निति र नियम नहुनुको पिडा वैदेशिक श्रमिक बर्गमा छदैछ भने अर्कोतिर कम्जोर निति र नियमको छिद्रामा टेकेर थप जटिलता सिर्जना गर्न उदृत केहि बैमान कर्मचारीहरुको कारणले थप सस्ती खेप्न बाध्य भएको छ ।
राज्यले अबलम्बन गरेको निति र नियम पलना गर्नु भनेको कर्तव्य मात्र नभएर एउटा असल नागरिकको हैसियतले दायित्व पनि हो सभ्य संस्कारको परिचय पनि हो तर निति र नियमको सैद्धान्तिक पक्ष र ब्याबाहारिक पक्षसंग मेल खानु जरुरी हुन्छ साथसाथै यो न्यायोचित पनि हुन त्यतिकै जरुरी छ ।

समग्र परिदृय हरुलाई हेर्ने हो भने वैदेशिक रोजगारमा जाने श्रमिकजरु बिदेशमा भन्दा पनि आफनै राज्यबाट धेरै उपेक्षित भएको देखिन्छ । त्यसैले जतिपनी असन्तुष्टिका जुवारभाटाहरु उठेका छन् यस्लाई तत्काल समय र परिस्थिति अनुकुल पुनर्बिचार गर्दै श्रमिक मैत्री संस्कारको निर्माण गर्दै सभ्य र समृद्धि राष्ट्रनिर्माणको निम्ति नारामा मात्र सिमित नगरेर पुर्बधारहरुको पनि स्थापना गर्दै जानेतिर राज्यले ढिलाई नगर्ने हो कि ।
लेखक:( पासाङ तामाङ
हाल :यु.ए.ई