New from Nepal

पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ ले संसदमा हंगामा

काठमाडौं। गायक पशुपति शर्मालको गाएको गीत ‘लुट्न सके लुट’ ले  संसदमा पनि प्रवेश पाएको छ। उक्त गीतको पक्ष र विपक्षमा संसदमा वहश सुरु भएको छ। 
 प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले जनताको भावना अभिव्यक्त गरिएको गीतलाई सरकारले प्रतिबन्ध लगाएको भन्दै गायक शर्मालाई आफ्नो पारिश्रमिकबाट २५ हजार रुपैयाँ दिन घोषणा गरेका थिए। लतत्तै सत्तारुढ नेकपा सांसद झपट रावलले अमरेशकुमार सिंहलाई जस्ताको त्यस्तै गाए आफूले एक महिनाको सबै पारिश्रमिक दिन घोषणा गरे। 
तर बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दलका सांसद महेश बस्नेतले भने सरकारले उक्त गीतमाथि कुनै प्रतिबन्ध नलागएको भन्दै गलत अफवाह फैलाउने सांसदलाई संसदको मर्यादामा ल्याउन माग गरे।  सांसद बस्नेतले भनेजस्तै सरकारले भने गीत माथि प्रतिबन्ध लगाएको छैन। तर सत्तारुढ दलका भातृसंगठनले गीतका केही शब्दप्रति आपत्ति जनाएपछि गायक पशुपति शर्मा स्वयंले उक्त गीत युट्युबबाट हटाएका थिए। 
उनले गीत परिमार्जन गरेर फेरि ल्याउने जनाएका थिए। यतिबेला सामाजिक संजालमा पशुपति शर्माको गीतले निकै चर्चा पाएको छ। बुधबार सुदूरपश्चिम प्रदेशसभालाई सम्वोधन गर्दै प्रधानमन्त्री केपी ओली पनि पशुपति शर्माको गीतप्रति टिप्पणी गरेका थिए। 
‘हामी नचाहिने कुरामा उत्ताउलो हुन्छौं। एउटाले भुलचुकमा गीत बनायो रे कता हो कता। लुट, लुट । गरी खाएर केही काम लाग्दैन। लुटेर खा भाइ लुटेर खा भनेर गीत बनाएछन्,’ प्रधानमन्त्रीले भने, ‘ जनताले तिम्रो गीत मन पराएनौं भनेपछि युट्युबबाट हटाएछन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *