New from Nepal

देउवा र पौडलबीचको विवाद उत्कर्षमा

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीचको विवाद उत्कर्षमा पुगेको छ।
दुई नेताहरुबीचको विवाद बढेपछि बिहीबार बोलाइएको केन्द्रीय कार्य समितिको बैठक नै स्थगित भयो। स्रोतका अनुसार केन्द्रीय समितिको बैठक बिहान ११ बजे बोलाइएको भएपनि अपरान्ह ५ बजेसम्म विवाद मिल्न नसकेपछि बैठक स्थगित गरिएको हो।
हालै सम्पन्न भएको महासमिति बैठकबाट केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी पारित गरेको विधानलाई अन्तिम रुप दिन आवश्यक थप छलफल गरेर सहमतिको प्रयास गर्ने गरी आजको बैठक स्थगन भएको भनिएपनि विधानमा देउवा र पौडेलबीच विवाद रहेको छ ।
महासमिति बैठकको भावनाअनुसार सभापति देउवा नचलेको आरोप नेता पौडेलले लगाउँदै आएका छन्। देउवाले महासमिति बैठकको समापन समारोहमा महासमिति बैठकमा जिल्ला सभापतिहरुले महासमिति बैठकमा, केन्द्रीय समितिमा रहेका नेताले महाधिवेशन प्रतिनिधिका रुपमा बुथ तहबाट निर्वाचित भएर आउनुपर्ने र केन्द्रीय समितिमा एकपटक आरक्षण वा समावेशी कोटाबाट उम्मेदवार भइसकेको व्यक्ति अर्को पटक पुनः उम्मेदवार बन्न नपाइने बिषयमा प्रतिबद्धता जनाएका थिए।
तर लगत्तै सुरु भएको केन्द्रीय समितिको बैठकमा महासमितिमा जनाएको प्रतिवद्वता कार्यान्वयनका लागि सभापति देउवाले अनिच्छा देखाएपछि केन्द्रीय कार्यसमिति बैठक विवादित बन्दै गएको छ। पौडेल कुनै पनि हालतमा महासमिति बैठकको निर्णय र भावनाअनुसार अघि  बढ्नुपर्नेमा अडिग छन् । केन्द्रीय समितिको अर्को बैठक फागुन १२ गते विहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बोलाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *