केपी ओलीको जीवनी तेह्रथुमदेखि बालुवाटारसम्म

२०७५ फागुन ११ शनिवार
Newsdesk Shikharnews

प्रधानमन्त्री केपी शर्मा ओलीको आज ६८ औँ जन्मदिन हो । प्रधानमन्त्रीको जन्मदिनको अवसरमा आजै विहानैदेखि पार्टी नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरिरहेका छन् । नेता तथा कार्यकर्ताले आज प्रधानमन्त्री निवास बालुवाटारमा केक काटेर जन्मोत्सव मनाउँदै छन् ।

नजिकबाट प्रम ओली 

खड्ग प्रसाद ओली (के.पी ओली)को जन्म बाबु मोहनप्रसाद ओली र मधुमाया ओलीको पुत्रका रुपमा वि.स. २००८ साल, फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाविस २ तीनसल्लेमा भएको हो । चार बर्षको हुँदा आमा गुमाएका ओली हजुरआमा राममायाको काखमा हुर्किएका थिए ।

कक्षा ४ सम्मको अध्ययन तेहूथुममा पूरा गरेपछि बाँकी अध्ययन ओलीले झापाको आदर्श माध्यमिक विद्यालयबाट गरे ।

ओलीको परिवार २०२२ सालमा बसाइ सरी झापा आएको थियो । सानैमा आमाको ममता गुमाउनुपरेको र गरिब परिवारमा जन्मिएका कारण उनको बाल्यकाल निकै कष्टपूर्ण बितेको थियो । पढाईको सिलसिलामा झापा आन्दोलनका योद्धा रामनाथ दाहालसँग उनको भेट भयो ।

l:j6h/Nof08sf] 8fef];df cfof]lht ljZj cfly{s d~rsf] …blIf0f Pl;ofdf /0fgLlts kl/b[ioÚÚ ljifos 5nkmn sfof{qmddf af]Ng’x’Fb} k|wfgdGqL s]kL zdf{ cf]nL . t:jL/ M ;f}HoGo jN8{ Osf]gf]lds kmf]/dsf] nfOe lkmª÷/f;;

चलाख र राम्रो विद्यार्थी देखेपछि दाहालले ओलीलाई आफ्नै घरमा राखेर पढाएका थिए । दाहालको प्रेरणाले ओलीमा राजनीतिक झुकाब बढ्दै गयो । विद्यार्थी छँदादेखि नै मीठो र प्रष्ट ढंगले बोल्ने ओली अरुको खुलेर आलोचना गर्थे । ओलीसँग गाउँकै प्राथमिक विद्यालयमा पढाउएको अनुभव पछि छ । तर, राजनीतिमा सक्रिय हुन थालेपछि उनले अध्यापनलाई निरन्तरता दिन सकेनन् । वि.स २०२३ सालदेखि राजनीतिमा छिरेका ओलीले २०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिए र त्यही बर्षदेखि भूमिगत भए ।

भूमिगतकालमा हुने कार्यक्रमहरुमा ओली सर्वाधिक रुचाइने नेता थिए । उखानटुक्का मिलाएर पूर्वी नेपालको ठेट स्थानीय लवजसहितको उनको भाषण सुन्न भने पछि कार्यकर्ताहरुको भीड नै लाग्थ्यो ।

पञ्चायती शासन बिरोधी आन्दोलनमा लाग्ने क्रममा उनी २०२७ सालमा पक्राउ परे र १४ बर्षसम्म जेलमा रहे । उनी पहिलो पटक २०२७ फागुन १६ गते झापाबाट गिरफ्तार भए । पंचायती प्रशासनले जेलजीवनका क्रममा ओलीलाई ९ पटक ठाउँसारी गरेको थियो । ओली २०२९ सालमा झापा आन्दोलन कमिटीको प्रमुख बने । २०४८ सालदेखि उनी तत्कालिन नेकपा माले हुुँदै अहिलेसम्म पार्टीको माथिल्लो कमिटिमा रहँदै आएका छन । ओली २०६५ फागुनमा बुटवलमा भएको एमालेको आठौं महाधिवेशनमा नेता झलनाथ खनालसँग अध्यक्षमा पराजित भएका थिए । तर २०७१ सालमा काठमाडौंमा भएको नवौं महाधिवेशनबाट नेता माधवकुमार नेपाललाई पराजित गरेर उनले पार्टीको नेतृत्व सम्हालेका थिए ।

ओली वि.स. २०४८, २०५१ र २०५६ को आम निर्वाचनमा झापा क्षेत्र नं ६ बाट प्रतिनिधिसभामा निर्वा्िचत भएका थिए । पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने उनी झापाको क्षेत्र नं ७ बाट पराजित भए । २०७० सालको दोस्रो संविधानसभा चुनावमा भने उनी झापा ७ बाटै विजयी बने । ओली यसअघि परराष्ट्रमन्त्री, गृहमन्त्री उपप्रधानमन्त्री हुँदै प्रधानमन्त्री समेत भइसकेका छन ।

नयाँ संविधान घोषणा भएलगत्तै माओवादीको समर्थनमा २०७२ असोज २४ गते उनी पहिलो पटक प्रधानमन्त्री भएका थिए । प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री बनेका ओली प्रचण्डकै अविश्वास प्रस्तावका कारण २०७३ साउन २३ गते सत्ताच्युत भएका थिए । त्यसको झण्डै डेढ बर्षपछि उनी दोस्रो पटक पनि प्रचण्डकै प्रस्तावमा प्रधानमन्त्री बनेका छन । ओली विगत १० बर्षयता मृगौला रोगसँग लड्दै आएका छन् । काम नगरेपछि भारतमा उनको मृगौला प्रत्यारोपण गरिएको थियो । स्वास्थ्य अवस्था प्रतिकूलता हुँदाहुँदैपनि ओलीले झण्डै पाँच दशक लामो राजनीतिक जीवन उचाईमा पुर्याएका छन ।

प्रधानमन्त्रीका रुपमा पहिलो कार्यकालमा भारतले गरेको नाकावन्दीको डटेर सामना गरेको भन्दै ओलीको सर्वत्र प्रशंसा भएको थियो । नाकाबन्दीकै बेला उनले लिएको राष्ट्रवादी अडानकै कारण पछिल्लो निर्वाचनमा तत्कालिन एमाले सबैभन्दा ठूलो पार्टी बन्न सफल भयो । माओबादीसँगै अपत्यारिलो पार्टी एकता पछि नेपाली राजनीतिमा ओली झनै शक्तिशाली बनेका छन् । अहिले प्रधानमन्त्री र पार्टी अध्यक्षको हैसियतले उनले देश र पार्टीको बागडोर सम्हाली रहेका छन् ।

प्रधानमन्त्रीको रुपमा दोस्रो कार्याकाल नकरात्मक र सकरात्मक प्रतिक्रियाका बीच प्रधानमन्त्री ओलीको अबको बाटो अवसर र चुनौतीको दोसाँधमा रहेको छ । राम्रो काम गरेर मुलुकलाई समृद्धिको दिशामा लैजान सके ओली एउटा राजनेताका इतिहासमै चीरकालसम्म रहि रहनेछन् ।