काठमाडौं १२,फागुन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किम जोङ उनभियतनामतर्फ प्रस्थान गरेका छन् ।उनी रेलमा चढेर भिएतनाम प्रस्थान गरेका उत्तर कोरियाली सञ्चारमाध्यमले जनाएका छन्।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहुप्रतिक्षित शिखर बैठकमा सहभागी हुनका लागि उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।
भियतनाममा आगामी बुधबार र बिहीबार ट्रम्प-किम दोस्रो शिखर वार्ता हुँदैछ । भियतनामको राजधानी हनोईमा दोस्रो शिखर बैठक गर्ने तय भएको छ। उनीहरूबीचको पहिलो शिखर बैठक गत वर्षको जुनमा सिङ्गापुरमा भएको थियो।
भियतनामका राष्ट्रपति गुयन फु ट्रोङको निमन्त्रणमा उत्तर कोरियाली नेता किम शिखर बैठकभन्दा अगाडि भियतनामको औपचारिक भ्रमण गर्ने गरी हनोई गएका हुन्। उनीहरुबीच पहिलो ऐतिहासिक शिखर वार्ता सिंगापुरमा भएको थियो । पहिलो वार्तामा कोरियालीप्रायद्वीपलाई आणविक अस्त्रमुक्त बनाउने सहमति भएको थियो ।
तर, सहमति कार्यान्वयन नभइरहेको बेला हुन लागेको दोस्रो शिखर वार्तालाई चासोका साथ हेरिएको छ । विश्वको ध्यान अहिले ट्रम्प र किमबीच भेटवार्ता हुने भियतनाममा केन्द्रित भएको छ ।
Leave a Reply