New from Nepal

सिरहाकाअर्का एक युवाको भारतमा गोली हानी हत्या

लहान १२,फागुन। सिरहाका एक युवकको भारतीय भूमिमा हत्या भएको छ। सिरहाको धनगढीमाई नगरपालिका ६ मोथियाही गाउँका १७ वर्षीय सुभाष यादवलाई भारतमा गोली हानी हत्या गरिएको हो।यसअघि पनि माघ तेस्रो साता सिरहाकै लाहान नगरपालिकाका २४ वर्षीय गजेन्द्र यादवको भारतको पिपराही चर्खाहीमा कुटपिटपछि हत्या भएको थियो।

मंगलबार घरबाटै बेपत्ता भएका सुभाष यादव घाइते अवस्थामा बुधबार भारतको खुटौनामा भेटिएका थिए। स्थानीय र भारतीय सुरक्षाकर्मीको सहयोगमा उनलाई उपचारका लागि दरभंगा लगिएको थियो। त्यहाँ पनि उपचार सम्भव नहुँदा पटना पुर्‍याइएको थियो। पटनामा उपचारको क्रममा बिहीबार उनको मृत्यु भएको हो। उनीमाथि तीन गोली प्रहार भएको प्रहरीले बताएको छ।

भारतीय अस्पतालमै पोष्टमार्टम गराई परिवार जनलाई शुक्रबार भारतीय सुरक्षाकर्मीले शव बुझाएका थिए। पीडित परिवारले सिरहा प्रहरीमा पनि किटानी जाहेरी दिन लाग्दा उनलाई फेरी पोष्टमार्टम गराउन धरान पठाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *