तिलोत्तमा गोल्ड कपको उपाधी दाउफिन्स लाई

२०७५ फागुन १३ सोमवार
Newsdesk Shikharnews

काठमाडौं १३,फागुन।तिलोत्तमा गोल्डकपको उपाधि क्यामरुनी टोली डल्फिन्सले जितेको छ ।  प्रतिस्पर्धात्मक उपाधि भिडन्तमा नेपाल पुलिसलाई सडनडेथमा हराउँदै डफिन्सले उपाधि कब्जा गरेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा दुवै टोलीले ५-५ पेनाल्टी छिराएपछि खेलको नतिजा सडन डेथमा पुगेको थियो । सडन डेथमा पुलिसका तेज तामाङले गोल गर्न नसक्दा अरमानले गोल गर्दै दाउफिन्सको उपाधि पक्का गरे ।

डल्फिन्सले ८ लाख ८० हजार नगद हात पारेको छ । उपविजेताले पुलिसले ५ लाख ५० हजारमा चित्त बुझाएको छ । यससँगै डल्फिन्स उपाधिमा ह्याट्रिक गरेको छ । मनकामना कप र बुढासुब्बाको उपाधि पनी  डल्फिन्सले नै जितेको थियो ।

 

Loading...