संविधानसभा सदस्य चौधरी सम्मानित

२०७५ फागुन १४ मंगलवार
Newsdesk Shikharnews

उदयपुर १४,फागुन। पुर्व सहरी विकास राज्य मन्त्री एवंम संबिधानसभाका सभाषद मन्जुकुमारी चौधरी सम्मानित भएकी छिन् । रौता जनता क्याम्पस रौतामाई गाउँपालिका ७ ले सोमबार आयोजना गरेको तेश्रो क्याम्पस सभामा सभाषद चौधरी सम्मानित भएकी हुन् ।

क्याम्पसको भौतिक संरचना र वृतिविकासमा सहयोग पुर्याएवापत चौधरीलाई क्याम्पस व्यवस्थापन समितिले सम्मान गरेको हो । मोफसलमा रहेको क्याम्पसलाई चौधरीले सभाषद र राज्य मन्त्री रहँदा आर्थिक, भौतिक तथा विभिन्न निकायसँग सहकार्य र समन्वयको भुमिका खेलेकाले सम्मान गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष अम्बरबहादुर रायामाझीले बताए ।

सभाषद चौधरीले संसदिय कोष र सहरी विकास मन्त्रालयबाट क्याम्पसको भवन निर्माणका लागि २० लाख रुपिँया वजेट विनियोजन गरेकी थिईन् । कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद तथा नेपाल कम्युनिष्ट पार्टीका प्रदेश कमिटी सचिव शुरेश राईले गरिव जनताका छोरा छोरीले पढ्न सक्ने गरी क्याम्पस सञ्चालन गर्न सुझाब दिए ।

त्यसैगरी सम्मानित सभाषद चौधरीले क्याम्पसको गुणात्मक विकासका लागि आफ्नोतर्फबाट निरन्तर सहयोग रहने बताईन् । आफ्नो सानो सहयोगलाई क्याम्पसले ठुलो योगदान सम्झी सम्मान व्यक्त गरेकोमा खुशी व्यक्त गर्दै उनले क्याम्पस पवित्र सबैको साझाचौतारी भएकाले यसलाई राजनीतिक गर्ने अखडाकोरुपमा नलिन सुझाब दिईन् ।

प्रदेश सांसद नारायण बुर्जामगरले प्राविधिक र रोजगारमुलक शिक्षामा जोड दिए । उनले आफ्नो क्षेत्रको पहिलो र एक मात्र क्याम्पस भएकाले यसको वृतिविकासका लागि प्रदेश सरकारमा भुमिका निर्वाह गर्ने बताए । गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले क्याम्पसलाई दिगोपना दिनका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको बताए । उनले गरिव र अभाव बोकेका जनताका छोराछोरीको शैक्षिक भविश्यको ग्यारेण्टि गर्न सरकारले कुनै कसुर बाँकी नराख्ने बताए ।

क्याम्पसले उच्चशिक्षा हासिलका लागि बिद्यार्थीहरु गाउँघरमाभन्दा पनि सहर वजार केन्द्रित हुन थालेपछि रौता क्याम्पसले बिद्यार्थीको संख्या बृद्धी गर्न ‘छोरीवुहारी राष्ट्रसेवक भर्ना अभियान सुरु गरेको छ ।क्याम्पस सभाले अध्यक्षमा पुनः अम्बरबहादुर रायामाझीलाई जिम्मेवारी दिएको छ ।