उदयपुर निर्माण व्यवसायी संघको अध्यक्षमा आचार्य

२०७५ फागुन १७ शुक्रवार
Newsdesk Shikharnews

गाईघाट १७,फागुन।निर्माण व्यवसायी संघ उदयपुरको जारी को ७ औं जिल्ला अधिवेशन तथा ९ औं साधारण सभाबाट कौशल आचार्य सर्वसम्मत अध्यक्षमा चयन भएका छन्।

सदरमुकाम गाईघाटमा सुरु भएको संघको उदयपुर निर्माण संघको ७ औं जिल्ला अधिवेशन तथा ९ औं साधारण सभाबाट प्रथम उपाध्यक्षमा प्रेम तिमल्सिना, दितिय उपाध्यक्षमा सुनिल कार्की र तृतिय उपाध्यक्षमा दुर्गाबहादुर बुर्जा मगर चयन भएका छन् भने महासचिवमा राजु रोक्का, सचिवमा सूर्य बहादुर खड्का, कोषाध्यक्षमा अश्विन खड्का र सह कोषाध्यक्षमा कुल बहादुर राउत सर्वसम्मत ढंगमा निर्विरोध चयन भएका हुन ।

तेस्तै संघको सदस्यहरुमा इन्द्र प्रसाद रेग्मी, मोहन निरौला,सुभाष भट्टराई, मनोज राना मगर, एक बहादुर कार्की, सुनिल साह, नुर्वु सिंह कार्की, मिना खड्का, उद्धव खत्री,पुस्पराज खड्का, चुल बहादुर आले, प्रमोद पोखरेल र किरण पाण्डे सर्वसम्बत् चयन भएको निर्वाचन कमिटीले जानकारी दिएको छ।

‘पुर्वाधार विकास राष्ट्र निर्माणको आधारः बनौ सर्वपक्ष जिम्वेवार’ भन्ने मुल नाराका साथ शुक्रबारबाट नेपाल निर्माण व्यवसायि संघ उदयपुरको ९ औं साधारणसभा तथा ७ औं जिल्ला अधिवेशन शुरु भएको थियो।

अधिवेशनको उद्घाटन नेपाल निर्माण व्यवासायी महासंघका केन्द्रिय अध्यक्ष रवि सिंहले गरेकाथिए  ।
अधिवेशनको उद्घाटन गर्दै केन्द्रिय अध्यक्ष सिंहले समृद्ध नेपाल, सुखी नेपाली सरकारको लक्ष्यलाई सफल बनाउन हामी तयार भएपनि केही ऐनमा भएको त्रुटीले समस्या भएको बताए । उनले भने, ‘सरकारले लिएको लक्ष्यलाई हामी उत्साहित छौ तर, वर्ष दिनको उपलब्धी र निर्माण मैत्री ऐन नबनाउँदा हामी निराशामा छौं ।’ उनले समृद्ध नेपाल, सुखी नेपाली निर्माण उद्यमीबाट मात्र सम्भव भएको बताए । वर्तमान सरकार प्रति कटाक्ष गर्दै उनले निर्माण तथा उद्यमसँग जोडिएका ऐन, कानुनहरु परामर्श नगरी व्यवसायिलाई एकोहोरो पेल्ने गरी ल्याएको आरोप लगाए,सिंहले बढि टेण्डर लिने र समयमा काम नसक्ने केहि कम्पनीका कारण सिगों व्यवसायिको वदनाम भएकाले त्यसलाई रोक्न नीति बनाउनु पर्ने बताए ।