श्रीमती घरमा, गर्लफ्रेण्ड विदेशमा, तनावमा जिन्दगी

२०७५ फागुन २३ बिहीवार
Newsdesk Shikharnews

पछिल्लो समय वैदेशिक रोजगारी वा अध्ययनका लागि विदेश पुगेका नेपालीका कारण धेरै सामाजिक विचलन वा समस्याहरु देखिन थालेका छन् । कतिपय श्रीमान विदेशमा मर्ने गरी दुख गरिरहेका छन तर तीनै श्रीमानका श्रीमतीहरु भने नेपालमा मोजमस्ती गर्दै र प्रेमी फेर्दै हिडिरहेका छन् ।
महिलामात्रै होइन पुरष पनि कम छैनन्, यो मामिलामा । घरमा श्रीमती छँदाछँदै गर्लफ्रेण्ड बनाउन माहिर छन् विवाहित पुरुषहरु पनि । विवाहित पुरुषले कसरी आफ्ना श्रीमतीलाईै धोका दिएर गर्लफ्रेण्डसँग मस्ती गरिरहेका छन् र आफै कसरी तनावको सिकार भइरहेका छन् ? एउटा त्यस्तै प्रतिनिधि पात्रलाई यहाँ प्रस्तुत गर्दैछौँ ।

राजेश महत (नाम परिवर्तन), धुलिखेल काभ्रेका राजेश विवाहित हुन् । विवाह गरेको दोस्रो वर्षमै उनी धुलिखेलकै एक युवतीसँग नजिकिए । हाल ती युवती अष्ट्रेलियामा छिन् । राजेश दिनमा कम्तिमा पनि ५ घण्टा फोनमा उनैसँग झुण्डिरहेका हुन्छन् । उनलाई अष्ट्रेलियामा रहेकी आफ्नी प्रेमिकाको हरेक गतिविधिबारे अपडेट हुनै पर्ने रोग लागेको छ । समुद्र तिर गएर खिचेको फोटो देख्ने बित्तिकै राजेश हतारहतार फोन गरिहाल्छन् ‘एक्लै गाको कि अरु कोहीसँग ?’ यस्तै यस्तै कुराहरुले उनीहरुको फोनमै झगडा पर्छ, मुख छोडाछोड सम्म हुन्छ ।

साथीभाइले भने राजेशलाई निकै उचालिरहेका हुन्छन् ‘मस्ती छ यार तेरो, घरमा श्रीमती, अष्ट्रेलियामा गर्लफ्रेण्ड ।’ राजेश पनि फिस्स हास्छन् र भन्छन् ‘ मस्ती गर्न त भाग्यमा लेखेको हुनु पर्छ नी केटाहरु ।’ देखाउनलाई यस्तो भने पनि भित्रबाट भने राजेश निकै पीडित छन् । घर व्यवस्थापन, गर्लफ्रेण्डलाई फोनमा दिनुपर्ने समय लगायतले उनी प्राय तनावमै हुन्छन् । केही काम गर्नै रुची लाग्दैन । केही समम यता उनी प्राय झोक्राइरहेकै अवस्थामा भेटिन्छन् ।

गर्लफ्रेण्ड अष्ट्रेलिया जाने बेलामा उनले सरसापट गरेर करिब १० लाख रुपैयाँ पनि हालिदिएका थिए । तर गएको एक वर्ष हुनलाग्दा पनि उताबाट गर्लफ्रेण्डले सुको पठाएकी छैनन् । यता पैसा दिनेहरुले कराएर दिक्क बनाइसकेका छन् । राजेशको तनावको ग्राफ दिनप्रतिदिन बढेको बढ्यै छ ‘न घरकी श्रीमती छोड्न सक्छन् न अष्ट्रेलियामा रहेकी गर्लफ्रेण्डलाई भूल्न नै ।’

यो त एउटा प्रतिििनध घटना मात्रै हो । राजेशजस्तै अरु धेरै पनि यसरी नै पीडित बनिरहेका छन् । वैदेशिक रोजगारी वा अध्ययनको राम्रो पाटो मात्र छैनन्, यस्ता कैयौ विचलन वा समस्या पनि देखिएका छन् जसले धेरैको घरबार उजाड बन्दै गइरहेको छ ।