जब चिनियाँ राजदूत यान्छी नेपाली गीतमा नाचिन् (भिडियो सहित)

२०७५ फागुन २५ शनिवार
Newsdesk Shikharnews

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले रातो पहिरनमा नेपाली गीतमा नाचेर सबैलाई चकित बनाइन् । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले उद्घाटन गरेको कार्यक्रममा राजदूत यान्छी ‘चरीजस्तै उड्न पाए गगनको तल तल’ बोलको गीतमा नाचेकी थिइन् ।

उनी अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुक्रवार काठमाडौंमा चिनियाँ राजदूतावासले आयोजना गरेको कार्यक्रममा राजदूत यान्छीसहितको समुह नाचेको हो ।

नेपाली गीतमा नृत्य गर्दै नेपालका लागि चिनियाँ राजदूत

सन्दर्भ : अन्तर्राष्ट्रिय महिला दिवस।नेपाली गीतमा नृत्य गर्दै नेपालका लागि चिनियाँ राजदूत। थप जानकारीको लागि यस लिङ्कमा क्लिक गर्नुहोस- https://nagariknews.nagariknetwork.com/news/70874/

Posted by NagarikNews on Friday, March 8, 2019

भिडियो नागरिकन्युजबाट