नेपालले भुटानलाई ३–० गोलअन्तरले पराजित

२०७५ फागुन २८ मंगलवार
Newsdesk shikharnews

२८ फागन, विराटनगर । आयोजक नेपालले पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

विराटनगरको शहीद रंगशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० गोलअन्तरले पराजित गर्दै शुखद सुरुवात गरेको हो । नेपालको जीतमा कप्तान निरु थापा, सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले गोल गरे ।