जनकपुरमा लाग्यो राजा आउ देश बचाउ नारा

२०७५ फागुन २९ बुधवार
Newsdesk Shikharnews

पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनकपुरमा भव्य स्वागत गरिएको छ । मधेश भ्रमणको क्रममा आज जनकपुर पुगेका शाहलाई सर्वसाधरण नागरिकले भव्य स्वागत गरेका छन् । उनलाई देखेपछि जनकपुरमा ‘राजा आउ देश बचाउ’को नारा समेत लगाइएको थियो ।

पूर्वराजा शाह भोली बिहान सर्लाहीस्थित दुर्गा मन्दिरमा पूजापाठ गरि सप्तरीस्थित सखडा मन्दिरलगायतका मन्दिरमा दर्शन गर्ने कार्यक्रम छ भने पर्सि पुनः जनकपुरमा भेटघाटका कार्यक्रमहरु राखिएको पूर्व गृहराज्यमन्त्री एवम राजावादी सानेलाल राय यादवले जानकारी दिए । पूर्वराजा शाहको स्वागत अभिनन्दनका लागि सैकडौँ राजावादीहरुको उपस्थिथि देखिएको थियो ।