मलेसियामा अलपत्र परेका २३ नेपाली फिर्ता

२०७५ फागुन ३० बिहीवार
Newsdesk Shikharnews

काठमाडौं । मलेसियामा विभिन्न कारणल अलपत्र परेका नेपालीलाई दूतावासले घर फर्काएको छ । मलेसियास्थित नेपाली दूतावासले विभिन्न कारणबाट अलपत्र परेका २३ नेपाली श्रमिकको उद्धार गरी स्वदेश फर्काएको हो ।

हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपांग घर फिर्ती केन्द्रमा अलपत्र परेका थिए । उनीहरुलाई दूतावासको सक्रियतामा उद्धार गरी विभिन्न चरणमा नेपाल फर्काइउको हो । अलपत्र परेकालाई नेपाल पठाउन दूतावासले एकतर्फी हवाई टिकट उपलब्ध गराएको थियो ।

दूतावासले फागुन महिनामा विभिन्न घरफिर्ती केन्द्रमा अलपत्र रहेका नेपालीलाई उद्धार गर्ने उद्देश्यले अनुगमन गरेको थियो । लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा नेपाली श्रमिकमा शारीरिक तथा मानसिक समस्या देखिएको दूतावासले जनाएको छ ।

रोजगारीको लागि विदेशी भूमिमा पुगी विभिन्न कारणबाट अलपत्र परेका नेपाली श्रमिकलाई घर फिर्ता पठाउने अभियान निरन्तर रुपमा जारी रहने दूतावासले जनाएको छ ।

(Dayvigo)