संविधानभित्र रहेर जनमत संग्रह गर्न सबै तयार हुनुपर्छ : डा. लोहोनी

२०७५ चैत ८ शुक्रवार
Newsdesk shikharnews

चैत ८, काठमाण्डौ । राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लाहोनीले जनमत संग्रहको कुरालाई कसैले पनि अस्वीकार गर्न नहुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै लोहोनीले संविधानमा नै जनमत संग्रहको व्यवस्था गरेकाले यसलाई ठूलो इस्यु बनाउन नहुने बताएका हुन् ।

तर देशको कुनै एउता भागमा मात्रै जनमत संग्रह हुन नसक्ने लोहोनीको तर्क छ । राष्ट्रको अखण्डतालाई नै चुनौति दिने गरी जनमत संग्रह गर्न नहुने उनले बताए ।

धर्मको बारेमा जनमत संग्रह गर्न सकिने लोहोनीले बताए ।

फरक प्रसंगमा सरकारले गर्न लागेको लगानी सम्मेलनलाई लोहोनीले सकारात्मक भनेका छन् । तर यस्तो सम्मेलनलाई फेसनेको रुपमा लिन नहुने बताएका छन् । यसअघिको सम्मेलनबाट १४ अर्बको लगानी प्रतिवद्धता आए पनि त्यो रकम प्राप्त नभएकोले सम्मेलन गर्दैमा केही पनि नहुने बताए ।

पछिल्लो समय विदेशी लगानी घट्दै गएकोमा सरकारले गम्भीर रुपमा सोच्नुपर्ने लोहोनीले बताए ।