६ महिनासम्म कारोबार नगरे बैंक खाता निष्क्रिय

२०७५ चैत ९ शनिवार
Newsdesk Shikharnews

लगातार ६ महिनासम्म कारोबार नगरे बैंक खाता निष्क्रिय हुने भएको छ । नियमनकारी निकाय राष्ट्र बैंकले लगातार ६ महिनासम्म कारोबार नगर्ने ग्राहकको कल र चल्ती खाता निष्क्रिय गर्न वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीलाई निर्देशन दिएको छ ।

बचत खाताको हकमा भने तीन वर्षसम्म कारोबार नगरे निष्क्रिय हुनेछ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई उसको एकीकृत निर्देशिका २०७५ का केही प्रावधान संशोधन गर्दै बिहीबार यस्तो निर्देशन दिएको हो ।

Loading...