बोनी कपुरलाई दिए यस्तो सल्लाह

२०७५ चैत २९ शुक्रवार
NewsDesk ShikharNews
एजेन्सी। अर्जुन कपुर र मलाइका अरोडा लामो समयदेखि रिलेशनशिपमा छन्। कयौं पटक मलाइका अरोडा आफ्नो फोटोका कारण समाजिक संजाल प्रयोगकर्ताको ट्रोलको शिकार भएकी छन्। मलाइका र अर्जुन कपुरले मस्ती गरिरहेको फोटा बेला बेलामा समाजिक संजालमा भाइरल पनि हुन्छन्।
एक जना समाजिक संजाल प्रयोगकर्ताले लेखेका छन्, ‘म आफ्नो सम्पत्तिबाट एक पैसा पनि दिन्न अर्जुनलाई।’ यो कमेन्ट बोनी कपुर अफिसियल नामको फेक इन्स्ग्राम चलाइरहेका कुनै व्यक्तिले गरेका हुन्।
बोनी कपुरको यो फेक अकाण्टको कमेन्टमा अर्का एक जना सामाजिक संजाल प्रयोगकर्ताले जवाफमा लेखेका छन्, ‘नदिनुस् अंकल यी बुढीसँग धेरै पैसा ।’ अर्का एक जनाले लेखेका छन्, ‘भैया भावी क्या देखिएका छन् झकास।’
यद्यपी बोनी कपुरकातर्फबाट अर्जुन र मलाइकाबीचको रिलेशनलाई लिएर कुनै प्रतिक्रिया दिएका छैनन्। एक अन्तर्वातामा बोनी कपुरलाई मलाइका र अर्जुनको विवाहलाई लिएर प्रश्न गरिएको थियो, तर उनले यसलाई अफवाह भनेर टालिदिएका थिए।
अर्जुन र मलाइका बेला बेलामा सँगै देखिन्छन्। केही दिन अगाडि उनीहरु दुवै चंकी पाण्डेको घरमा एउटा पार्टीमा सँगै पुगेका थिए।