युट्युवबाट यसरी पैसा कमाउन सकिन्छ

२०७६ वैशाख २ सोमवार
Newsdesk Shikharnews

आजभोली धेरैले युट्युवमा विभिन्न किशिमका भिडियोहरु हालेर पैसा कमाइरहेका हुन्छन् । नेपालमै पनि युट्युवकै लागि भिडियो बनाउनेहरु अहिले धेरै छन् । तर युट्युवबाट कसरी पैसा कमाउन सकिन्छ ? आज तपाईहरुलाई यसको बारेमा जानकारी दिन गइरहेका छौँ ।

युट्युवमा भिडियो हालेर पैसा कमाउने हो सुरुमा तपाईको च्यानेल मोनेटाइज भएको हुनु पर्छ । च्यानल मोनेटाइज हुनका लागि केही मापदण्डहरु रहेका छन् । च्यानेल मोनेटाइज हुन सबैभन्दा पहिला तपाईको च्यानेलमा १ हजार सब्सक्राइबर पुगेको हुनु पर्छ । त्यसपछि तपाईको च्यानलमा ४ हजार घण्टा वाच टाइम पनि पुगेको हुनु पर्छ । यति भएपछि तपाईले आफ्नो च्यानल मोनिटाइज गर्न सक्नु हुनेछ । च्यानेल मोनिटाइज भएपछि मात्रै तपाईले हालेको भिडियोले पैसा कमाउन सक्छ ।

भिडियो हालेपछि कसरी पैसा आउँछ ?
मोनेटाइजेसन भएको तपाईको च्यानलमा जब तपाईले भिडियो अपलोड गर्नु हुन्छ तब तपाईको भिडियोमा युट्युवले विज्ञापन राख्छ । त्यसरी राखिएको विज्ञापनहरुबाट नै तपाईले हालेको भिडियोले पैसा कमाउन थाल्छ ।

भिडियोले कति पैसा कमाउँछ ?
युट्युवमा हालिएको भिडियोले पैसा कमाउने विषय धेरै कुरामा निर्भर रहेको छ । पैसा कति कमाउने भन्ने चाँही मुख्य गरी दुई कुरामा निर्भर रहेको छ । भिडियोहरुको प्रकार र ती विज्ञापनहरुको मुल्यले तपाईले हालेको भिडियोले के कति पैसा कमाउँछ भन्ने निर्धारण गर्दछ । नेपालबाट अपलोड गरेको भिडियोहरुको ट्रेण्ड हेर्दा ५ लाख भ्यूज भएको एउटा भिडियोले करिब ५ सय डलर कमाएको देखिन्छ । त्यसैले यदि राम्रोसँग आफैले सिर्जना गरेर भिडियो बनाउने र त्यही अनुसारको भ्यूज जाने हो भने युट्युवबाट राम्रै आम्दानी गर्न सक्ने सम्भावना देखिन्छ ।

कस्ता भिडियो पैसा कमाउन योग्य हुन्छन् ?
युट्युबमा हालेको भिडियोबाट पैसा कमाउन चाहनु हुन्छ भने तपाईले आफैले सिर्जना गरेको भिडियो मात्रै हाल्नु पर्छ । अरुको कपी गरेको भिडियो हालेर पैसा कमाउने सपना देख्नु भएको छ भने त्यस्तो गर्दै नगर्नुस् । तपाईले हाल्ने भिडियोमा तपाईकै स्वामित्व भएको हुनु पर्छ । कपिराइट लाग्ने किशिमका कुनै भिडियो अपलोड गरेको खण्डमा पैसा आउनुको साटो आफ्नै च्यानेल समेत उड्न सक्ने खतरा हुन्छ । त्यस्तै तपाइँले हाल्ने भिडियो युट्युवको सर्त र कम्यूनिटी गाइडलाइन्स अन्तर्गतको पनि हुनु पर्छ । यदी अरुको सिर्जना आफ्नो च्यानेलमा हाल्दै हुनुहुन्छ भने तपाईले उक्त भिडियो सर्जकसँग युट्युवमा भिडियो हाल्न र पैसा बनाउन लिखित सम्झौता गरेको हुनुपर्छ । यति भए पछि मात्रै तपाईले युट्युवमा भिडियो हालेर पैसा कमाउन सक्नु हुनेछ ।