बेथितिको मारमा राष्ट्र

२०७६ वैशाख ५ बिहीवार
Newsdesk Shikharnews
निर्माण सम्पन्न हुन नपाउदै कयौं पुल भत्किन्छ ।बाटो कालोपत्र  हुन नपाउदै पिच उप्किन्छ । शक्ति र पहुँचको आधारमा हत्यारा र बलात्कारी हात्ती जस्तो बढेमान हुन्छ  अर्को  निमुखाको नाम पोतिन्छ  । यहाँ कमिसन लाखबाट हैन करोड/ अर्ब र खर्बबाट शुरु हुन्छ । सरकारी संस्थान सबै घाटामा (बिधुत प्राधिकरण कुलमान आएपछि बाहेक ) चल्छन तैपनि  तर २-४ अर्ब बोनस फिजारिन्छ ।
आबश्यकता भन्दा दश गुणा बढी खबौको सरकारी गाडी खरिद गरिन्छ आधा थन्किन्छ र केही बर्ष पछि कवाडीको मोलमा लिलामी हुन्छ ।अघिकांस  ठेक्कापट्टा दादागिरी र नोटले खल्तिमा बोकेर हिडिन्छ ।बालुवाटार , गुठी , मठ मन्दिर वा सार्बजनिक जग्गा बरिस्ठहरुले हड्प्छन ।मझौलाले सेटिङ मिलाएर केही पैसो दिए जस्तो गर्छन। ट्रली बस हसुले , साझा यातायात बर्सेनि करोडौंको घाटा देखाएर हसुर्दैछन ।आयल निगम के त झन के कुरो भो र धुलोपिठो पारिरहेका छ्न ।अदालत आफ्नै ससुराली बनाए  जहाँ जति नै गल्ती गरेपनी ज्वाईं साब बन्न पाइन्छ ।इज्जत पाईन्छ । प्रहरी , प्रशासन केहिलाइ नेताले आफ्नो वरिपरि घुमाउछन । केहिलाई पहुँचवालाले कुदाउछन र केहिलाई  डनले भकुर्छन त केहिलाई पैसोले हिडाउँछ ।पुर्बदेखी पश्चिमसम्म कयौं आयोजना  अलपत्र छ । खादाको भारी थेग्न नसक्ने गरि लाउन पाउने लोभमा हजारौं योजनाहरु बिना पुर्बाघार , बिना स्रोत र बिना रकम  शिलान्यास गर्न तछाडमछाड हुन्छ । तर आफैले शिलान्यास गरेका योजना के भयो भन्ने न खादावालालाई हेक्का हुन्छ न त लगाईदिनेलाई नै पत्तो हुन्छ । सरुवा ,बढुवामा कयौंको घर जग्गा जोडिन्छ त कयौंको बैंक ब्यालेस थपिन्छ ।
 एकातिर  इमान्दार रास्ट्रसेबकहरु भने छोराछोरी, श्रीमती र कोठा भाडा तिर्न कयौं रात भोकै सुत्नुपर्ने अबस्था छ भने अर्कोतिर शक्ति र पैसाको आडमा ( केही आपबाद बाहेक )  रास्ट्रपतिलाइ समेत गुमराहमा पारेर उनैबाट  तक्माले कयौं अयोग्य राम थापाहरुको छाती नापिन्छ । कयौं बलात्कारी बचाउने सहासीहरुको घाँटी छोट्याउनु पर्नेमा उनीहरुकै घाँटी पुरस्कार र मेडलले भरिन्छ ।
लाखौं लाख बालबालिकाहरु सडकमा बोराको सिरानी हालेर सुतिरहँदा प्रधानमन्त्री / मन्त्रीहरु कोहि बालबालिका स्कुल जानबाट बन्चित हुदैनन् भनी पुराण सुनाउँछन अनि बोलाईएका र किनिएका निरिहहरु तरर ताली पिट्छन ।  हिजो राजालाइ सामन्ती सत्तामा उभ्याएर निशाना ताक्नेहरु आज बाक्लो सुरक्षा कबजमा बाटो नै जाम गरि कहिले सिंहदरबार त कहिले बालुवातार त कहिले शितलनिबास त कहिले बिदेश सयर गरिरहेका छन ।भुकम्पले ढलेका लाखौं घरहरुले अझै पनि हामीलाई गिज्याइरहेको छ । भुकम्पले ढलेका धेरै घर र मनहरु ठडिन नसकेपनी भुकम्पले नछोएका केहिका भने बैंक भरिएको छ। भाग्य भरिएको छ र सुख भरिएको छ । भुकम्पले ढलेका , डुबानमा परेका बस्ती ठड्याउन घुर्मुस सुन्तली , स्वेता खड्का , रबि लामिछाने रातदिन जागा बस्छन तर जसले अघिकार र साचो समातेर बसेका छन उनिहरु सघै मस्त निन्द्रामा छन ।
तराईका कयौं बस्तीहरु हैजाले सोत्तर हुँदा होस वा कर्णालीका जनता सामान्य ज्वरोको औषघि नपाएर  सुत्केरी हुन डोकोमा ५ दिन बोकेर सदरमुकाम पुर्याउनु पर्ने दुराबस्थामा न डाक्टर उपलब्ध छन न त औसधि न अस्पताल नै । रबि लामिछाने अरु मागेर नै सहि अस्पताल बनाउन हारगुहार गरिरहन्छन ।उत्तम सन्जेल जस्ता महामानव १०० रुपैयाँमा सरकारी  जिम्माको भारी  आफ्नो काधमा बोकिरहेका छ्न ।
 हजारौंको बलिदानी , त्याग , तपस्या , क्षती र जेलनेलले ल्याएको खै कस्तो गणतन्त्र जहाँ ठग र दलालको भण्डाफोर गरे बापत arjun sen giri जस्ता साहसिक पत्रकारलाई पुरस्कार हैन हातमा  हतकडी लाग्छ । rasuwali kabi  जस्ता जनताको आवाज र गुनासो बहिराहरुको कानसम्म पुर्याउन सहयोग गर्नेको हात बाधिन्छ्न । पत्रकारिताको नाउँमा समाज काट्ने धमिराहरुलाई सजाय र  जेलनेल कोच तर खोज पत्रकारिता र जनताको गुनासो सुनाउने लेखकलाई जेल हैन सम्मान गर तब न गणतन्त्रको  उचाई बढ्नेछ र गणतन्त्र सस्थागत बिकाश हुनेछ ।
#सलाम यी दुई हस्तीहरुलाई ….
 एक नारायण पौडेल                     
भमनपा वाड न १३ चितवन