आफ्नै श्रीमतीले जन्माएको बच्चाको रगत बुवासँग नमिलेपछि…

२०७६ वैशाख १० मंगलवार
NewsDesk ShikharNews
सुतर, गुजरात। सुरतका डाक्टर विरुद्ध वडोदरामा बलात्कारको प्रयास गरेको भन्दै उजुरी दर्ता गराउने महिला विरुद्ध डाक्टरले ब्याकमेल गरेको भन्दै अर्को उजुरी दर्ता गराएका छन्।
डाक्टरले महिला विरुद्ध उजुरी दर्ता गराएपछि प्रहरीले महिलालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार अक्षरधाम सोसाइटी निवासी विपुल हिम्मत मिस्त्री डाक्टर हुन्।  उनको सिंगणपोर चार रास्ता नजिकै स्क्वायर प्याइन्टमा बच्चाको अस्पताल छ। २००९ मा मेट्रिमोनियल साइटका माध्यमबाट विपुलको परिचय दीपाली (नाम परिवर्तन) सँग भयो। त्यसपछि उनीहरु साथी भए।
२०१० मा दीपालीले अर्कै युवकसँग विवाह गरेर मलेसिया गइन्।  उता २०११ मा बिपुलको किंजनसँग विवाह भयो। २०१४ मा दीपाली मुम्बई आएर यतै बस्न थालिन्। दीपालीले फेसबुकमार्फत फेरि विपुलसँग सम्पर्क बढाइन्। दीपालीसँग भेट गर्न विपुल मुम्बई गए। त्यसपछि फोनका कुरा हुन थाल्यो। यही क्रममा उनीहरुबीच कयौं पटक शारीरिक सम्बन्ध पनि भयो।
२०१६ मा दीपालीले विपुललाई आफ्नो गर्भ रहेको, त्यसकारण धेरै पैसाको आवश्यकता परेको र यदि पैसा नदिए फैजदारी मुद्दा हालेर बदनाम गर्ने भन्दै धम्की दिन थालिन्। आत्तिका विपुलले दीपालीको खातामा १०, १५, २०,   कहिले ४० हजार रुपैयाँ डिपोजिट गरिदिए।
त्यसपछि २०१९ मा दीपालीले विपुलसँग ८० लाख रुपैयाँ मागिन्।
त्यत्रो पैसा विपुलले नदिएपछि दीपालीले वडोदराको सयाजीगंज प्रहरी चौकामा आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिइन्। वडोदार प्रहरीले विपुललाई पक्राउ गर्यो। अहिले उनी जमानतमा रिहा भएका छन्। त्यसपछि विपुलले दीपाली विरुद्ध चौक बजार प्रहरी चौकीमा ब्यालमेलिङ गरेको भन्दै उजुरी दिए।
दीपालीले २०१४ मा वडोदरामा विपुलले आफूसँग यौन सम्पर्क गरेको आरोप लगाएकी थिइन्। त्यसपछि आफूले छोरालाई जन्म दिएको बताएकी थिइन्। तर त्यसको खुलासा डेढ वर्ष पछि भयो। जब छोरा विमारी भए तब उनको रगत बुवासँग मिलेन। त्यसपछि दीपालीका पतिलाई शंका भयो। त्यसपछि त्यही विषयलाई लिएर दुवैबीच झगडा पनि भयो। त्यसपछि दीपालीले उक्त छोरालाई अपनाउन आग्रह गरिन्। तर विपुलले अस्वीकार गरेपछि दीपालीले आफ्नो बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिइन्।