कति महंगो चाबी हो, एउटै चाबीको मुल्यले ४० वटा भिटारा ब्रेजा कार किन्न सकिने

२०७६ वैशाख १९ बिहीवार
Newsdesk Shikharnews

एउटा कारको चाबीको मूल्य कति पर्ला ? धेरै परे २ सय रुपैयाँ । तर विश्वमा यस्तो चाबी पनि पाइन्छ जसको मुल्यले ४० भिटारा ब्रेजा कार किन्न सकिन्छ ।

अवेन नामक कम्पनीले यस्तै चाबी बनाएको हो । अवेनले एस्टन मार्टिन, बेन्ट्ले, बुगाटी, मासेराटी, मेब्याक, म्याकलरेन, मर्सि्डिज बेन्ज, पोर्शे, रोल्स रोयस जस्ता शानदार लग्जरी कारको चाबी बनाउँदै आएको छ । यो कम्पनीले बनाएको चाबी यति धेरै महंगो हुनको कारण यसमा प्रयोग हुने मटेरियल हो । चाबी बनाउँदा निकै महँगो पत्थर जडान गरिएको हुन्छ ।

अवेनले रोल्स रोयस फ्यान्टमको लागि एउटा चाबी बनाएको छ जसको मुल्य करिब ६ करोड रुपैयाँ तोकिएको छ । सो चाबीमा मुल्यवान पत्थर सहित १७५ ग्रामको ३४.५ क्यारेटको हिरा पनि जडान गरिएको छ ।

अवेनको मुख्य विशेषता भनेको सो कम्पनीले जसलाई पायो त्यसको लागि चाबी बनाउने काम गर्दैन । सो कम्पनी आफ्नो क्रिएटिभिटीका लागि कुनै सम्झौता गर्दैन । सो कम्पनीले सस्तो चाबी पनि बनाउँछ । अवेनले २० क्यारेट हिराको साथमा १७५ ग्राम सुनमा सेरेनिटी कारको चाबी बनाएको थियो जसको मूल्य करिब १० करोड रुपैयाँ रहेको छ ।

सो कम्पनीले क्वान्टम कारको चाबी पनि बनाएको थियो जसको करिब ५० लाख रुपैयाँ रहेको छ । यसमा ३.६ क्यारेटको हिरा जडान गरिएको छ र यसको तौल १७५ ग्राम रहेको छ । उक्त कम्पनीले अहिलेसम्म सेरेनिटि र क्वान्टम कारको २०र२० वटा चाबी बनाएको छ ।