सुशासन र विकासलाई महत्व दिएर अघि बढेका छौं : प्रधानमन्त्री

२०७६ वैशाख २१ शनिवार
Newsdesk Shikharnews

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण भएको बताएका छन् । दक्षिण एशियाली उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालले मात्र हैन दक्षिण एशियाले नै आर्थिक विकास र उन्नतीलाई प्राथमिकतमा राख्नुपर्ने बताए ।

“हामी समृद्ध दक्षिण एशिया र सुखी दक्षिण एशियाली देख्न चाहन्छौं” प्रधानमन्त्री ओलीको भनाइ छ, “हामीले सुशासन र विकासलाई महत्व दिएर अघि बढेका छौं ।”

प्रधानमन्त्री ओलीले यस क्षेत्रले समृद्धि हासिल गर्ने अहिले उपयुक्त समय भएको बताउनुभएको छ । दक्षिण एशियामा नै युवा जनसंख्याको बाहुल्यता भएकोले यस्तो बेलामा विकासमा फड्को मार्न सजिलो हुने प्रधानमन्त्री ओलीको धारणा छ ।

वर्तमान सरकार सुशासन र विकासलाई महत्व दिएर अघि बढेको बताउँदै “केही समय विभिन्न कारणले हामी पछि प-यौं तर अब त्यो समय सकियो । हामी अघि बढ्छौं ।”