विहेको एक दिन अघि किन लाष्टै तनाव हुन्छ युवतीलाई ?

२०७६ वैशाख २३ सोमवार
Newsdesk Shikharnews

प्रत्येक युवतीले आफ्नो विवाहको विषयलाई मनमा अनेक कुरा खेलाउँछन् । त्यसैले विहेको मिति जति नजिकिदै जान्छ, त्यति नै युवतीहरुको मनमा अनेक जिज्ञासा, तनाव र कौतुहलता बढ्दै जान्छ । धेरैलाई लाग्न सक्छ, युवतीहरु बिवाहभन्दा पहिला आफ्नो पार्टनर र हनिमुनको बारेमा मात्र सोच्छन् भन्ने लाग्न सक्छ तर त्यस्तो केही पनि हुँदैन । आम पुरुषले सोचे जस्तो युवतीहरुको मनमा हुँदैन । उनीहरुमा विहे आउनु अघि हुने तनावहरु निकै फरक हुन्छन्, जुन पुरुषले सोचेको पनि हुँदैन । अझ विहेको एक दिन अगाडिको रात युवतीमा हुने तनावको त कुरै गरी साध्य छैन । आखि के तनाव हुन्छ त युवतीमा थाहा पाइ राखौ ।

चाँडै विहे त गरिएन ?
बिवाहभन्दा एकरात पहिला केटीहरु कतै आफूले बिवाहको लागि हतार त गरिन भनेर घोत्लिन्छन् । यो कुराले पनि उनीहरुमा निकै तनाव बढिरहेको हुन्छ । उनीहरुलाई बिवाहपछि जिम्मेवारी लिन सक्दिन की भने चिन्ताले सताइरहेको हुन्छ ।

श्रीमानको घरमा स्वीकार्लालन कि नस्वीकार्लान ?
युवतीहरुको दिमागमा आफ्नो बिवाहको एक रात पहिला बिवाह गरेर जाने घरमा मलाइ स्वीकार्नुहुन्छ की स्वीकार्नुहुन्न भन्नेबारेमा सोचिरहेकी हुन्छिन् । के उनीहरुले मलाई मनैदेखि अपनाउछन् त ? युवतीहरुको दिमागमा आफूलाई राम्रोसँग सम्झिदिए हुन्थ्यो भन्ने सोचिरहेका हुन्छन् ।

कस्तो होला जीवन साथी
युवतीहरुले आफ्नो जीवनसाथीले भविष्यको बारेमा कस्तो सोच्छ होला, जीवनभर उसँग बिताउन सकिन्छ कि सकिँदैन होला भन्नेबारेमा सोचिरहेका हुन्छन् । साथै उनीहरुले के यो जीवनसाथी जीवनभरको लागि ठिक छ त भन्ने कुरा पनि सोच्छन् ।

सेक्सलाई कसरी नाई भन्ने ?
युवतीहरु बिवाहको एकरात पहिला, पहिलो रातमै सेक्स गर्न आफूलाई असहज भएको कुरा कसरी बताउने भन्नेबारेमा चिन्ता गरिरहेकी हुन्छिन् । आफूले सेक्स प्रस्ताव अस्वीकार गर्दा पतिलाई माया नगरेको भन्ने भान हुन्छ की भन्ने विषयलाई लिएर पनि युवतीहरु चिन्तित हुनेगर्छन् ।

विवाहको खर्च अर्को तनाव
बिवाहमा हुने खर्चको विषयमा पनि युवतीहरु तनाव लिइरहेका हुन्छन् । उनीहरुको मनमा मेरो बिवाहको कारणले बुवालाई कुनैपनि किसिमको बोझ नहोस् भन्ने चाहन्छन् । साथै उनीहरु आफ्नो बिवाहमा आवश्यकता भन्दा बढी खर्च त भइरहेको छैन भनी सोचिरहेका हुन्छन् ।