देहव्यापारका लागी चिनिया युवकले पाकिस्तानी युवती विहे गरेको आरोप !

२०७६ वैशाख २८ शनिवार
Newsdesk Shikharnews

चीनको विदेश मन्त्रालयले पाकिस्तान र चीनका नागरिक बीच विहे गराइदिने अवैध गीरोहहरुलाई होसियार रहन चेतावनी दिएको छ । वितेका केही महिनामा पाकिस्तानी युवतीलाई तस्करहरुले चिनिया युवकसँग विहे गर्न चीन पुर्याइरहेको समाचार पाकिस्तानी सञ्चारमाध्यमहरुमा आए पछि चीनले यस्तो चेतावनी दिएको हो । पाकिस्तानी सञ्चारमाध्यममा यसरी लगिएका युवतीहरुलाई वेश्यावृत्तिमा समेत धकेलिने गरिएको दावी गरिएको थियो ।

यसैबीच सरकारी जाँच निकाय फेडरल इनभेस्टिगेसन एजेन्सीको फैसलाबाद शाखाले त्यहाँ परेका उजुरीहरूका आधारमा कारबाही गर्ने क्रममा एक महिला समेत आठ चिनियाँ नागरिक र उनीहरूका चार पाकिस्तानी सहयोगीलाई पक्राउ गरेको छ । त्यस्ता गिरोहहरुले पाक युवतीलाई चिनियाँ युवकहरूसँग विवाह गराइदिने भन्दै अवैधरूपमा चीन लाने र उनीहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको पनि एफआईएका उपनिर्देशक जमिल अहमद मेवले बिबिसिलाई बताएका हुन् ।

यस्ता रिपोर्टहरु बाहिर आएपछि पाकिस्तानस्थित चिनियाँ दूतावासले पाकिस्तानी युवतीहरुलाई विहेका लागि चीन लाने बारेमा अप्रिल १३ मा एउटा विज्ञप्ती जारी गरेको थियो । जसमा केही समययता यस्ता गिरोहहरुले दुई मुलुकका युवक र युवती बीच सम्बन्ध जोडि दिनका लागि मानिसहरूसँग धेरै पैसा लिइरहेको र जसले चीन तथा पाकिस्तान दुवै तर्फका मानिसहरू प्रभावित भइरहेका छन् भन्ने उल्लेख गरिएको थियो ।

दूतावासले चिनियाँ कानुनले यस्तो सम्बन्ध जोड्न अनुमति नदिने भन्दै यस्तो किशिमको विवाहबाट टाढै बस्न आग्रह गरेको थियो । दूतावासको भनाइमा यस्तो विदेशी विवाह गराउने व्यवसायलाई रोक्नको लागि चीनले पाकिस्तानमा कानुन कार्यान्वयन गर्ने संस्थाहरुसँग सम्पर्क स्थापित गरिरहेको छ । यस्ता गतिविधि भइरहेको थाहा पाए तुरुन्तै प्रहरीलाई खबर गर्न पनि दुतावासले भनेको छ ।

पाकिस्तानी सञ्चारमाध्यमहरुमा केही अवैध गिरोहहरुले पाकिस्तानी युवतीलाई देहब्यापाराका लागि चीन लगिएको भन्ने समाचारको खण्डन गरेको छ । चीनले यस्ता गतिविधिमा कुनै समूह वा व्यक्तिलाई अनुमति दिदैन र गस्ता गतिविधिलाई कडाईका साथ कानुनी कारवाही गर्ने दुतावासको विज्ञप्तिमा उल्लेख गरिएको छ । हुन त यस्ता खबर चिनिया सञ्चारमाध्यमहरुमा पनि सम्प्रेशण भएका छन् । ग्लोबल टाइम्सले प्रकाशित गरेको एक विवरणमा एक चिनियाँ गिरोहले पाकिस्तानी महिलाहरूलाई विवाहको नाममा धोका दिइरहेको छ जनाइएको छ । तर देहव्यापारसँग जोडेर आउने समाचारहरु सम्प्रेषण गर्ने काम चीन विरोधी पश्चिमा सञ्चारमाध्यमको भएको चीनको दावी छ र