कांग्रेसको कर्मचारी संगठनभित्र वैठक कसले बहिष्कार गरे!

२०७६ वैशाख ३० सोमवार
Newsdesk Shikharnews

काठमाडौं । नेपाली कांग्रेस निकट कर्मचारी संगठनभित्रमा आन्तरिक विवाद तीव्र बन्दै गएको छ । विवाद बढ्दै गएकाले नेपाल निजामती कर्मचारी युनियनको चौथौ पूर्ण केन्द्रीय समितिको बैठक महासचिवसहित १३ जना पदाधिकारीले बहिस्कार गरेका छन्।

वैठक जुम्लामा बसेको थियो । ८५ सदस्यीय केन्द्रीय समिति रहेको छ । अध्यक्ष गोपाल पोखरेल, वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी, उपाध्यक्ष उत्तम कटुवाल, सचिव नवराज पाण्डे, यज्ञ ओलीसहित ५५ जना बैठकमा सहभागी रहे । महासचिव सुभाष कोइराला, उपमहासचिव यज्ञराज अर्याल, सचिव जनक रावल, कोषाध्यक्ष धर्मेस गौतम, सचिव शंकर पाण्डे, अशोक रौनियारसहितका केन्द्रीय समितिका ३० जना सहभागी रहेका थिए ।

बैठक पूर्णरूपमा अवैधानिक भएको महासचिव कोइरालाले बताएका छन् । अध्यक्षको सल्लाहमा संगठनको महासचिवले बैठक बोलाउनुपर्ने व्यवस्था हुँदाहुँदै अध्यक्षले एकलौटी ढंगले बैठक बोलाएको उनको आरोप छ ।

जुम्ला बैठकलाई सफल बनाउन युनियनबाट आधिकारिक टे«ड युनियनमा प्रतिनिधित्व गरेको आधिकारिक युनियनका महासचिव सुवोध देवकोटा पनि लागेका छन् । यसअघि युनियनका अध्यक्ष गोपाल पोखरेल र उनको सम्बन्ध निकै चिसिएको थियो।