आइपिएलबाट फर्केका सन्दीपले भने, ‘केही समय परिवारलाई दिन्छु’

२०७६ वैशाख ३० सोमवार
Newsdesk Shikharnews

काठमाडौं । नेपाली युवा बलर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर नेपाल फर्केका छन् ।

सन्दीपले अब आफू केही समय आराम गर्ने बताएका छन् । लामो समयपछि ब्रेक पाएकाले परिवारलाई समय दिने बताए । प्रधानमन्त्री कप हुन लागेको तर, आफू नखेल्ने बताए ।
दिल्ली क्यापिटलबाट ६ वटा खेल खेलेका सन्दीपले यसपटक ८ विकेट लिएका थिए ।

उनी क्वालिफायर्स २ मा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्ससँग सजिलै पराजित भएपछि फाइनल पुग्न सकेको थिएन ।

राम्रो अनुभव भयो तर टिम फाइनल पुग्न नसकेको बताए । आफ्नो प्रदर्शनबाट सन्तुष्ट भएको तर पूर्ण सन्तुष्ट नभएको बताए ।

अझ अवसर पाएको भए राम्रो गर्न सक्थें जस्तो लाग्छ सन्दीपले भने । आइतबार साँझ दिल्लीबाट काठमाडौं फर्किएपछि सन्दीपले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिल्लीको ब्याटिङ अलिक कमजोर भएको बताए ।