नेकपाका सांसद पाण्डेले बाबुराम भट्टराईमा ‘फ्रस्टेसन’ देखेपछि…

२०७६ वैशाख ३० सोमवार
Newsdesk Shikharnews

काठमाडौं । नेकपाका सांसद सुरेन्द्र पाण्डेले बाबुराम भट्टराईमा ‘फ्रस्टेसन’ (निरासा) देखिएको आरोप लगाएका छन् । सांसद पाण्डेले भन्दै बजेटका सिद्धान्त र प्राथमिकतामाथिका टिप्पणी सान्र्दभिक नभएको भन्दै प्रतिवाद गरे ।

प्रतिनिधिसभाको हिजो आइतबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा धारणा राख्दै सांसद पाण्डेले निराश देखिएको बताए ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो धारणा राखेपछि भनाइ राख्न सांसद पाण्डे रोस्टम पुगेका थिए । पाण्डेले डाक्टर भट्टराईमा स्पष्ट ‘फ्रस्टेसन’ देखिएको आरोप लगाए ।

सन् १९ सय ८० को दशकको प्रसंग उल्लेख गर्दै उनले भट्टराईको टिप्पणी सोही किसिमको फ्रस्टेसन जस्तै भएको पाण्डेले तर्क गरे।

१९८० को दशकमा पूर्व कम्युनिष्टहरु पनि जुन देशमा क्रान्तिहरु गर्न सकेनन् र असफल भईसकेपछि निरास मानिसले नयाँ आधुनिकतावादको कुरा गर्न थाले र कम्युनिष्ट आन्दोलन रोकियो ।

अब अघि बढ्न सक्दैन नयाँ आधुनिकतावादका कुरा गर्न थालेको बताए । त्यस्तै खालको एक प्रकारको फ्रस्टेसनको अभिव्यक्ति थियो। ‘यो हाम्रो देशमा पनि स्वयम् डाक्टर सावमा पनि व्यक्त हुन्छ’ उनले भने ।