नाडाल र फेडेरर इटालियन ओपन टेनिसको तेस्रो चरणमा

२०७६ जेठ ३ शुक्रवार
Newsdesk shikharnews

काठमाडौं, ३ जेठ । शीर्ष खेलाडीहरु रफाइल नाडाल र रोजर फेडेरर इटालियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा फ्रान्सका जेर्मी चार्डीलाई ६–० र ६–१ को सोझो सेटमा हराउँदै साविक विजेता नाडाल तेस्रो चरणमा पुगेका हुन् । तेस्रो चरणमा नाडालले निकोलोजसँग खेल्ने छन् ।

उता स्विस खेलाडी रोजर फेडेररले पोर्चुगलको जोआ सौसालाई ६–४ र ६–३ को सेटमा हराए । फेडेररले अब बोर्ना कोरिचसँग खेल्नेछन् ।ईटालीयन ओपन टेसिनको महिलातर्फ बेलायतकी योहाना कोन्टाले चौथो चरणमा पुगेकी छन् । तेस्रो चरणको खेलमा अमेरिकी प्रतिद्वन्द्वी भेनस विलियम्सलाई ६–२ र ६–४ को सोझो सेटमा हराउँदै कोन्टाले चौथो चरणमा आफ्नो स्थान पक्का गरेकी हुन्।