केटाको के देखेपछि मोडल एनी कुँवरलाई सेक्स चाहना जाग्छ ?

२०७६ जेठ ५ आइतवार
Newsdesk Shikharnews

सेक्स के हो ?
दुई जना बीचको माया र विश्वास हो ।

बिहेअघिको सेक्सलाई कसरी लिनुहुन्छ ?

समाजले बिहे हुनुलाई सेक्सको लाइसेन्स मानेको छ । बिहेअघि सेक्स नगर्दा राम्रो !्र

सेक्ससम्बन्धी ज्ञान कसरी लिनुहुन्छ ?

सेक्ससम्बन्धी ज्ञान लिन जान्ने बुझ्ने विज्ञहरुलाई फलो गर्छु ।

कुन नायक÷नायिका सेक्सी लाग्छ ?

प्रकाश अधिकारी र निरुता सिंह सेक्सी लाग्छ ।

नेपालमा रेडलाइट एरिया कत्तिको आवश्यक छ ?

एकदमै आवश्यक छ । रेडलाइट एरिया नभएकैले रात परेपछि ठमेल, रत्नपार्क, दरबारमार्ग लगायतका एरियामा नकारात्मक क्रियाकलाप देख्न सकिन्छ ।

तेस्रो लिङ्गीको सेक्सलाई कसरी लिनुहुन्छ ?

मान्छेको आ–आफ्नो यौन चाहना हुन्छ । तेश्रो लिङ्गीको भावना र चाहनालाई पनि सम्मान गर्नुपर्छ । यो ठूलो कुरा होइन ।

सेक्समा स्थानले कत्तिको महत्व राख्छ ?

महत्व त राख्छ तर बिहेपछि मात्रै ! (हाँस्दै)

केटाको कुन अंग देख्दा सेक्स चाहना जाग्छ ?

घाँटी र आँखा ।

सेक्स पार्टनर छ ?

(मुस्कुराउँदै) बिहे नै भएको छैन कहाँबाट हुनु ?

आफूसँग १ सयमा कति प्रतिशत सेक्स पावर छ भन्ने लाग्छ ?

अनुभव गरेको छैन त्यसैले थाहा छैन ।

सेक्सको अफर कत्तिको आउँछ ?

पहिले लभ प्रपोज खुब आउँथ्यो । अहिले कस्तो सेक्सी लाग्छ भन्दै फलो गर्छन् । कहिलेकाहीँ घुमाएर आउँछ भन्नुपर्ला ।  शुक्रबार साप्ताहिकवाट