विश्वकै नम्बर वन जड्याहा कहाँ होलान् !

२०७६ जेठ ६ सोमवार
Newsdesk Shikharnews

एजेन्सी । तपाइँ अनुमान गर्नुहुन्छ ? विश्वकै नम्वर वन जड्याहा कहाँ होलान् । एउटा अध्ययनले विश्वमै सबैभन्दा धेरै रक्सी पिउने बेलायती वयस्क हुन् । बेलायतका वयस्कहरु रक्सी पिउनेमा संसारमै एक नम्बरमा परेका छन् । बेलायतपछि अमेरिका, क्यानडा र अस्ट्रेलियाका वयस्कले बढी रक्सी पिउँछन् ।

एक विश्वव्यापी सर्वेक्षणका अनुसार बेलायतका वयष्कहरुले १२ महिनाको अवधिमा औसत ५१।१ पटक रक्सी पिएको पाइएको छ । त्यो भनेको साताको करिब एकपटक हो । तर, संसारका ३६ मुलुकमा गरिएको सर्वेक्षणले औसत वयस्कहरुले वर्षमा ३३ पटक मात्र रक्सीजन्य पेय पिउने गरेको देखाएको छ ।

यसअघि बेलायतमा गरिएको एक सर्वेक्षणले १० वर्ष अघिको तुलनामा बेलायती वयस्कहरुले कम रक्सी पिउन लागेको जनाएको थियो । विशेषज्ञहरुले वयस्क पुस्ताको तुलनामा सहस्राब्दी पुस्ता भनिने युवायुवतीहरुले कम रक्सी पिउने गरेको बताएका थिए ।

आठ वर्ष लगाएर गरिएको विश्वव्यापी ुग्लोबल ड्रग्स सर्भेु का अनुसन्धाताले विश्वका एक लाख २० हजार नमुनामा सर्वेक्षण गरेका हुन् । तीमध्ये इंग्ल्यान्ड, स्कटल्यान्ड, वेल्स र नर्दन आयरल्यान्डमा ५ हजार ४ सय नमूना छनोट गरिएको थियो ।