‘कार्यालयमा मेरो होइन, आफ्ना छोराछोरीको तस्वीर राख्नुहोस्, निर्णयगर्दा उनीहरुको अनुहार सम्झिनुहोस,

२०७६ जेठ ७ मंगलवार
Newsdesk shikharnews

किभ (एजेन्सी) । करिब एक महिना अगाडि पूर्वी यूरोपको एक मुलुक युक्रेनमा अप्रत्यासित रुपमा राष्ट्रपतिमा निर्वाचित भएका हाँस्य कलाकार भोलोदमिर जेलेन्स्कीले सोमबार राष्ट्रपति पदको कार्यभार सम्हाल्दा कर्मचारीहरुलाई दिएको निर्देशनले विश्वभरमै चर्चित भएको छ ।
राष्ट्रपतिका रुपमा पदभार सम्हाल्दा उनले एक प्रेरणादायी निर्देशन दिए – सरकारी कार्यालयमा मरो तस्वीर राख्नुपर्दैन । अमेरिकी समाचार माध्यम नेशनल पब्लिक रेडियोको अनलाई संस्करणका अनुसार नवनिर्वाचित राष्ट्रपति जेलेन्स्कीले भने, ‘सरकारी कार्यालयमा मरो तस्वीर राख्नुपर्दैन, म त्यस्तो अनुकरणीय व्यक्ति होइन, बरु कार्यालयमा छोराछोरीको तस्वीर राख्नुहोस र निर्णय गर्दा त्यो अनुहार सम्झिनुहोस ।’
कुनैबेला राष्ट्रपतिको भूमिका रहेको नाटकमा नायकको भूमिका गरेर चर्चित भएका उनी हाल वास्ताविक रुपमै राष्ट्रपति छन् । उनी निर्वाचित भएपछि हाँस्य कलाकार राष्ट्रपति बनेको भनेर पनि चर्चा गरिएको थियो । तर, उनले कार्यभार सम्हाल्दा दिएको पहिलो निर्देशनले नै विश्वमा लोकतान्त्रिक पद्धतिबाट शासक बनेकाहरुलाई उत्तरदायी बन्न गतिलो पाठ सिकाएको छ । सोभियत संघबाट अलग्गिएर आफ्नै अस्तित्व स्थापना गरेको युक्रेन १२ औं शताब्दीमा देशको भूभाग गुमाउने पहिलो मुलुक हो । रुसले यूक्रेनको क्रिमियालाई आफ्नो देशमा गाभेको थियो ।

अँझै पनि युक्रेनमा रुसी भाषीहरुको संख्या ठूलो रहेको छ । त्यहाँ रुसलाई हेर्ने दृष्टिकोणका कारण राजनीतिक अस्थिरता छ । नवनिर्वाचित राष्ट्रपति जेनेलन्सकी रुस निकट मानिन्छन् । उग्र राष्ट्रबादका कारण त्यहाँ राजनीतिक अस्थिरता भएको भन्दै उनी रुससँग पनि सन्तुलित सम्बन्ध राख्नुपर्ने नीतिका पक्षपाति हुन् । राष्ट्रपति जेलेन्स्कीले त्यहाँको संसद विघटन गर्दै नयाँ जनादेश लिइनेसमेत बताएका छन् । उनले वर्तमान संसदले युक्रेनको समस्या समधान नगर्ने भन्दै त्यसका लागि दुई महिनाभित्र नयाँ संसदका लागि निर्वाचन गराउने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।