चेल्सीबाट बर्खास्त भएका कोन्टे बने इन्टर मिलानका प्रशिक्षक

२०७६ जेठ १० शुक्रवार
Newsdesk Shikharnews

एजेन्सी । प्रिमियर लिग क्लब चेल्सीका पुर्व प्रशिक्षक एन्टोनियो कोन्टे ईटालियन क्लब ईन्टर मिलानको प्रशिक्षकमा नियुक्त भएका छन् । गत बर्ष जुलाईमा उनि चेल्सीबाट बर्खास्त भएका थिए । बर्खास्तमा परेका कोन्टेलाई ईटालियन क्लबले मुख्य प्रशिक्षक बनाएका हो । चेल्सीमा दुई बर्ष बिताएका कोन्टेले प्रिमियर लिगको उपाधि उचालेका थिए ।

सिरि ए लिगमा ईन्टर चौथो स्थानमा छ । आईतबार हुने खेलमा इम्पोलीलाई पराजित गरेमा क्लब अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुनेछ । प्रिमियर लिगको पहिलो बर्षमै लिग उपाधि जितेका कोन्टेले दुई पटक एफ ए कप उचालेका थिए । चेल्सी जानु अघि उनले युभेन्ट्सबाट तीन उपाधि जितेका थिए ।