मापदण्ड विपरित गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा जेसिवी र ट्याक्टर नियन्त्रणमा

२०७६ जेठ २८ मंगलवार
Newsdesk Shikharnews

गाईघाट २८,जेठ।उदयपुरको त्रियुगा ना.पा.-१३ स्थित बरुवा खोलामा र जिल्ला उदयपुर त्रियुगा ना.पा.-३ त्रियुगा खोलामा सार्बजनिक पुल लाई हानि नोक्सानि पुग्ने गरि नदि जन्य पदार्थ उत्खनन गरिरहेको अबस्थामा दुई जेसिवी र दुई ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अधिकांश नदीनालामा ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन, सङ्कलन र बिक्री कार्यमा कानूनले तोकेको मापदण्डको ठाडो उल्लंघन भईरहेको छ । कानूनी प्रावधानको उल्लंघन र मापदण्ड विपरीत
खोलाहरु दिनदिनै नियम विपरित दोहन भैरहेको छ ।

प्रहरीले त्रियुगा नगरपालिका ३ त्रियुगा खोला र त्रियुगा नगरपालिका १३ बरुवा खोलाबाट ज.१त ५३५ र बा.२ क ८४८१ नम्बरको जेसिवी  र ना. ३ त ७०१५ र स. १ त ७१९८ नम्बरको दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीर बहादुर बुढामगरले जानकारी दिएका छन् ।

उनका अनुसार सार्वजनिक पुललाई हानी नोक्सानी हुनेगरी गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा जेसिवी र ट्याक्टरलाई नियन्त्रणमा लिनु परेको बताए । उनका अनुसार अवैध रुपमा गिट्टी बालुवा जिल्ला बाहिर समेत जाने गरेको सूचना प्राप्त भएकोले यसको लागि निगरानी बढाईएको समेत जानकारी दिए ।