लोकसेवाको विज्ञापनको समर्थनमा युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलको ९ तर्क

२०७६ जेठ ३० बिहीवार
Newsdesk Shikharnews

१. सरकारले ल्याएको जनप्रीय बजेट कार्यान्वयन र बिकास खर्च गर्नको लागि कर्मचारी जरुरी छ, पुर्ति गर्न ढिला भैसको। चालु आ. ब. मा न्युन बिकास खर्च हुनुको मुख्य कारण प्रदेश र स्थानीय तहमा कर्मचारीको अभाव हुनु हो ।

२. सबैतिरको मागको मुल्यांकन गरेर धेरै बर्ष पछि यति ठुलो संख्यामा कर्मचारी माग गरिएको छ, हजारौँ युवाहरुको लागि यो ठुलो अवसर हो ।

३. लोकसेवा आयोगले लिने परीक्षा प्रणाली अत्यन्त स्वच्छ, पारदर्शी र बिश्वासयोग्य रहेकै कारणले यो संस्था कहिल्यै बिबादमा आएन, तर अहिले बिबादमा ल्याउने निर्णयहरु कुनैपनि दृष्टिकोणले उपयुक्त छैनन ।

४. लोकसेवा लाइ पन्छाएर करारमा कर्मचारी भर्ना गर्ने भन्ने तर्क मा कुनै तुक छैन, त्यो त करारमा भर्ना भएका, राहत कोटामा भर्ना भएका, अस्थायी दरबन्दी शृजना गरी भर्ना भएका शिक्षकहरु जो अहिले समाधान खोजिरहनुभएको छ, वहांहरुनै ज्वलन्त उदाहरणीय हुनुहुन्छ ।

५. पुराना दरबन्दी खाली छन, नयां प्रोजेक्टको लागि कर्मचारीको अत्तोपत्तो छैन, बिधी अनुसार माग भएका कर्मचारीको भर्ना प्रक्रीया अबरुद्व गर्दा फेरी पनि बिकास खर्च लक्ष्य बमोजिम हासिल हुन सक्दैन ।

६. देशमा रोजगारी नपाएर लाखौं युवायुवति बिदेशमा दुःख गरिरहेका छन, डाक्टरर इन्जिनियरर पाइलट जस्ता प्राबिधिक जनशक्ति जो नेपालको समृद्विसंग जोडिएका छन, बौद्विक पलायनता (द्यचबष्ल म्चबष्ल) भैरहेको अबस्था छ, बल्ल अवसरको सुरुआत भएको थियो, त्यो पनि सहज नहुनु दुर्भाग्यकै कुरा हो ।

७. स्थानीय सरकार र प्रदेश सरकार संग प्राबिधिक जनशक्ति नहुंदा स्वास्थ्य चौकीहरु खाली खाली छन, सामान्य उपचार नभएर मान्छे मरिरहेका छन, इन्जिनियरको काम डोजरले गरिरहेका छन, वातावरणीय मुल्यांकनको कुरा त कता हो कता ! समयमा काम सम्पन्न नहुने रोग, सम्पन्न भएको कामको मुल्यांकन नहुने रोग, भुक्तानी समयमा नहुने रोगको मुल कारण पनि कर्मचारीकै अभावको कारणले हो ।

८. अहिलेका बिद्यार्थीको जेनेरेसन लाइ प्राथमिकता दिइ उनीहरुको दिमागलाइ सही सदुपयोग गर्न, सिष्टम बसाल्न र फण्ड को सही दिशामा परिचालन गर्न पनि कर्मचारीहरुको आबश्यकता रहेको छ ।

९. भ्रष्टचार न्युनिकरण गरी सुसासन कायम गर्न पनि यी युवाहरु लाइ काममा लगाएर मुलुकप्रति उत्तरदायी बनाउन जरुरी छ ।