प्रधानमन्त्री स्वदेश फर्किए लगत्तै निगमका कार्यकारी अध्यक्ष खरेलको जागीर चट !

२०७६ जेठ ३१ शुक्रवार
Newsdesk Shikharnews

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलको जागिर जाने निश्चित् भएको छ । निगमको नेतृत्व सम्हालेदेखि आजसम्म खरेलले निगमलाई प्रगतिभन्दा पनि अद्योगतितर्फ लैजाने मात्रै प्रयत्न गरेकोमा सरकार रुष्ट छ । खरेल सुरुदेखि नै व्यक्तिगत स्वार्थ र निगमलाई डुबाउन निहित स्वार्थ समूहसँग लागिपरेको भन्दै निगमकै कर्मचारीपनि उनीसित रुष्ट बन्दै आएका थिए । एकपछि अर्को गरि विवादित निर्णय गर्ने र मनोमानी ढंगले चल्न खोज्दा खरेल पनि विवादमा मुछिएका छन् । खरेलको अदुरदर्शीता र असक्षमताका कारण सरकारलाई समेत अप्ठ्यारो पर्ने देखिएपनि उनीविरुद्ध तुरुन्त एक्शन लिने प्रधानमन्त्रीको तयारी छ । स्रोतकाअनुसार प्रधानमन्त्री स्वदेश फर्किएलगत्तै खरेलमाथि एक्शन लिने योजना छ ।

प्रधानमन्त्रीनिकट उच्च स्रोतको दाबी छ,‘प्रधानमन्त्रीज्यू युरोपबाट फर्किनेबित्तिकै अब खरेलले जागिरबाट हात धुनुपर्ने अवस्था आउँछ । यसबारेमा तयारी भैरहेको छ ।’ खरेललाई स्पष्टीकरणसहित चेतावनीयुक्त भाषामा विभागीय मन्त्रालयले समेत पत्र काटिसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले पनि ९ वटा जहाजमा ५ वटामात्रै उडेको सुनाउँदै किन जहाज उडेन ? वाईडबडी ओशाका किन उडेन ? लगायत विषयमा निगमका अध्यक्ष मदन खरेललाई हामीले पत्राचार गरेका छौं । उनले पनि खरेललाई पदबाट हटाउने पक्षमा सरकार रहेको खुलासा गरे ।

खरेलले मन्त्रालयसँग कुनै समन्वय नगरेको र एकलौटी गरेकोमा मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरु पनि रुष्ट छन् । स्रोतको दाबी छ,‘खरेलले महत्वपूर्ण निर्णय गर्दा मन्त्रालयलाई थाहा नदिने र प्रधानमन्त्रीकहाँ गएर चाकरी गर्ने गरेका छन् ।’

यो पनि पढ्नुस्
सार्वजनिक यातायातको भाडा वृद्धि फिर्ता

सरकारले सार्वजनिक यातायातको भाडा बनाएको ५ घन्टा नवित्दै नाटकिय रुपमा निर्णय फिर्ता लिएको जनाएको छ । यातायात व्यवस्था विभागले बिहीबार दिउँसो २० प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेको ५ घन्टा नवित्दै वैज्ञानिक भाडा समायोजन गर्न भन्दै निर्णय स्थगन गरिएको छ ।

विभागस्रोतका अनुसार भाडा बढाउने निर्णय भए लगतै प्रधानमन्त्री कार्यालयले चासो देखाएको थियो । बजेट पारित नहुँदै भाडा बढाउँदा सरकारको तीव्र आलोचना हुने भन्दै भाडा वृद्धिको निर्णय तत्काल स्थगन गर्न प्रधानमन्त्री कार्यालयले निर्देशनमा हाललाई फिर्ता लिएको विभावस्रोतले जनाएको छ ।आज दिउसो मात्रै विभागले ट्याक्सीमा १२ प्रतिशत र अन्य सार्वजनिक यातायातमा २० प्रतिशत भाडा बढाएको ठोकुवा गरेको थियो ।