विमल आवद्ध टिम टीसीको भिक्टोरी स्पोर्ट्समाथि फराकिलो जित

२०७६ असार १ आइतवार
Newsdesk Shikharnews

एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ति मगर रहेको टिसी स्पोर्टस क्लबले माल्दिभ्सको धिवेही प्रिमियर लिगमा फराकिलो जित निकालेको छ । शनिबार भएको खेलमा टीसीले भिक्टोरी स्पोर्ट्स क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको हो । टीसीको जितमा इब्राहिम सफ्राजले दुई गोल गरे । यस्तै मोहमद अजुफान र इब्राहिम हसनले एक एक गोल गरे । भिक्टोरीविरुद्ध फराकिलो जित निकाले पनि टीसीले विमललाई मैदान उतारेन् । गत साता मात्र विमलको दुई गोलले टीसीले च्यारिटी सिल्ड फुटबलको उपाधि जितेको थियो ।

यो पनि पढ्नुस

पहिलो खेलमै पराजित भयो मेस्सीको टिम अर्जेन्टिना, कोलम्बियाले गर्यो शानदार शुरुवात

एजेन्सी । उपाधि दाबेदार टिम अर्जे्न्टिना कोपा अमेरिका फुटबलको पहिलो खेलमै पराजित भएको छ । ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत आइतबार बिहान भएको खेलमा शक्तिशाली मानिएको अर्जेन्टिना कोलम्बियासंग २–० गोल अन्तरले पराजित हुन पुगेको हो ।

एरिना नोभा स्टेडियममा कोलम्बियालाई जित दिलाउन रोजर मार्टिनेज र डुजापटाले एक एक गोल गरे । कोलम्बियासँग पहिलो हाफ गोलरहित बराबरी खेलेपनि लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जे्न्टिनाले दोस्रो हाफमा दुई गोल खाएको थियो ।

खेलको ७१ औं मिनेटमा मार्टिनेजले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८६ औं मिनेटमा जापटाले गोल गर्दै कोलम्बियालाई २–० को जित दिलाए । अर्जे्न्टिनाले भने पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन् । बल पोजिसनमा पकड जमाएको अर्जेन्टिनाको आधा दर्जन पोस्ट आक्रमण गोलमा परिणत हुन सकेन् ।

यो जितसंगै समूह बी को कोलम्बियाले पहिलो खेलमा ३ अंक जोडेको छ । र, क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । तर अर्जेन्टिनाले भने पहिलो खेलबाटै हारको सामना गर्दै प्रतियोगिताको सुरुवाती गरेको छ ।