टि.भी.एस. स्ट्राइकर मेलामा ग्राहकको घुँइचो

२०७६ असार १ आइतवार
Newsdesk shikharnews

नेपालका लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले अघि सारेको टिभीएस स्ट्राइकर मेलामा आउनुस सुपरस्टार निखिल उप्रेतीलाई भेट्ने मौका पाउनुस् योजनामा ग्राहकको भीड लागेको छ । प्रा.लि.ले आफ्नो आधिकारिक विक्रेताको रुपमा रहेको वीरगंजस्थित म्याक्स अटो, जीतपुरको सगरमाथा ट्रेडर्स, कलैयाको करण इन्टरप्राइजेज, निजगढको अजिमा ट्रेडर्स र चन्द्रपुरको गणपति अटो एण्ड सेन्टरबाट आफ्नो योजना सञ्चालनमा ल्याएको हो ।

मेला १२५ सिसीको टिभीएस स्ट्राइकर मोटरसाइकललाई लक्षित गरी यो योजना ल्याएको हो । मेला सुरु भएदेखि नै ग्राहकको भिड लागेको कम्पनीका मार्केटिङ म्यानेजर नवराज कोइरालाले बताए । आफुले चढिरहेको पुरानो बाइक एक्चेन्च गर्नुका साथै चर्चित कलाकार निखिल उप्रेतीलाई समेत पाइने भएपछि उल्लेख्य संख्यामा ग्राहक मेला भइरहेका स्थानमा पुग्ने गरेका छन् ।

मेलामा १२५ सिसीको टिभिएस स्ट्राइकरको खरिद क्यास, फाइनान्स र एक्सचेञ्चमार्फत गर्न पाउँदा ग्राहक निकै खुशी भएको कोइरालाले बताए । मेला अवधि भित्र उक्त बाइक खरिद गर्ने ग्राहकलाई दुई आर्थिक वर्ष २०७५÷२०७६ सम्मको कर फ्री र रेनकोट समेत कम्पनीले उपलव्ध गराइरहेको छ ।

मेलामा आउने ग्राहकले असार ३ गते वीरगंज, जीतपुर कलैयामा र असार ४ गते निजगढ र भद्रपुरमा अभिनेता उप्रेतीलाई भेट्ने र सँगै लञ्च गर्न पाउनेछन् । मेला अवधिभर ४०० वटा टिभीएस स्ट्राइकर १२५ बेच्ने ५ हजार भन्दा बढि ग्राहकलाई भिजिट गराउने लक्ष्य लिइएको मार्केटिङ म्यानेजर कोइरालाले बताए । अहिलेसम्म १ हजारभन्दा बढि ग्राहक उक्त मेलामा सहभागि भइसकेका छन् ।