पाकिस्तानको जोर चलेन भारत विरुद्ध, विश्वकपमा भारतको अपराजित यात्रा

२०७६ असार २ सोमवार
Newsdesk Shikharnews

काठमाडौं । बेलायतमा जारी विश्व कप क्रिकेटको आइतार भारतले पाकिस्तानलाई ८९ रनले पराजित गरेको छ । ३३७ रनको लक्ष्य वर्षापछि संशोधन गरेर पाकिस्तानलाई ४० ओभरमा ३०२ रनको दिइएको थियो । तर, त्यतिबेला पाकिस्तानले ३५ ओभर खेलिसकेको थियो र लक्ष्य भन्दा निकै टाढा थियो । पाकिस्तानको ३५ ओभर खेलेपछि वर्षा भएको थियो । वर्षापछि शुरु भएको खेलमा पाकिस्तानलाई ३० बलमा १३६ रन आवश्यक थियो । तर, पाकिस्तानले ६ विकेटमा ४० ओभरमा २१२ रनमात्र बनाउन सक्यो । पाकिस्तानबीच जारी खेलमा वर्षा भएपछि खेल दोस्रो पटक रोकिएको छ । पहिलो पटक भारतले ब्याटिंग गर्दा रोकिएको थियो भने दोस्रो पटक पाकिस्तानले ब्याटिंग गर्दा रोकिएको हो ।

पाकिस्तानले लगातार विकेट गुमाउँदा कुनै पनि सयम उ खेलमा देखिएन । फकर जमान र बाबर आजमले पाकिस्तानी पारी उकास्ने प्रयाश गरे पनि त्यो पर्याप्त भएन । यी दुईबीच शतकीय साझेदारी भएको थियो । तर, त्यसपछि लगातार विकेट गुमाएपछि पाकिस्तान संकटमा परेको थियो । जमानले ६२m बाबरले ४८ र इमाद वासिमले नटआउट ४६ रन बनाउनु बाहेक अन्यले राम्रो खेल्न सकेनन् ।

भारतका लागि विजय शंकर, हार्दिक पंड्या र कुलदीप यादवले २–२ विकेट लिएका थिए ।

यसअघि भारतका लागि रोहित शर्माले १४० रन बनाए भने विराट कोहलीले ७७ रन बनाए । यस्तै केएल राहुलले ५७ रन बनाए ।

जितसँगै भारत अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा अष्ट्रेलिया छ भने दोस्रो स्थानमा न्यूजिल्याण्ड र तेस्रो स्थानमा भारत आएको छ । इंग्ल्याण्ड चौथो स्थानमा छ । यद्यपी भारतले सबैभन्दा कम खेल खेलेको छ र भारत अपराजित छ ।

पाकिस्तानको अवस्था भने खराब छ । विश्व कपमा हालसम्म भारतलाई पराजित गर्न नसकेको पाकिस्तानको विगत आइतबार पनि दोहोरिएको छ । हालसम्म विश्व कपमा भारत र पाकिस्तानबीच ७ खेल भएका छन् । सबै खेलमा भारत विजयी भएको छ ।

पाकिस्तान हाल अंक तालिकाको ९ औं स्थानमा छ । यो स्थानबाट शीर्ष चारमा रहेर पाकिस्तानलाई सेमिफाइनल पुग्न उसका बाँकी रहेका सबै ४ खेल जित्नुपर्ने हुनसक्छ । पाकिस्तानको नेट रनरेट पनि ऋणात्मक छ ।