कोपा अमेरिका, सुआरेज र काभानीको गोलले उरुग्वे विजयी

२०७६ असार २ सोमवार
Newsdesk shikharnews

ब्राजिल । ब्राजिलमा जारी दक्षिण अमेरिकाको प्रतिष्ठित कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा उरुग्वे विजयी भएको छ। उरुग्वेले १० खेलाडीमा सीमित भएको इक्वेडरलाई ४–० गोल अन्तरले पराजित गरेको हो । समूह ग को यस प्रतिस्पर्धामा उरुग्वेका तर्फबाट लुइस सुवारेज, एडिन्सन काभानी र निकोलास लोडेरोले एकएक गोल गरेका थिए । इक्वेडरका आर्टुरो मिनाले खेलको ७८औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

उरुग्वेका तर्फबाट तीनै गोल खेलको पूर्वाद्र्धमा भएको थियो । यो जितसँगै इक्वेडरले तीन अंक प्राप्त गरेको छ। यो समूहका जापान र चिली बीचको खेल नेपाली समय अनुसार मङ्गल बिहानीपख हुनेछ ।

अर्कोतर्फ सोमबार नै भएको समूह ख को पाराग्वे र कतारबीचको खेल २–२ गोल भई बराबरीमा टुङ्गिएको छ । यस खेलमा पाराग्वेका तर्फबाट ओस्कार कार्डोजो र डरलिस गोन्जालोजले गोल गरेका थिए भने कतारका तर्फबाट आल्मोज अलिले गोल गरेका थिए ।

पाराग्वेका रोड्रिगो रोजासले ७८औं मिनेटमा आत्मघाती गोल गरेका थिए । कूल १२ टिम सहभागी रहेको कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत समूह ख मा अर्जे्न्टिनासहित कोलम्बिया, पाराग्वे र कतार रहेका छन् ।

समूह क मा भने ब्राजिल, पेरु, भेनेजुएला र बोलिभिया तथा समूह ग मा उरुग्वे, चिली, जापान र इक्वेडर रहेका छन् । कोपा अमेरिका फुटबल प्रतियोगिता यो सहित ब्राजिलमा पाँचौं पटक हुँदैछ ।

यो पनि पढ्नुस्
भारतसँग पाकिस्तान पराजित

बेलायतमा जारी विश्व कप क्रिकेटको आइतार भारतले पाकिस्तानलाई ८९ रनले पराजित गरेको छ । ३३७ रनको लक्ष्य वर्षापछि संशोधन गरेर पाकिस्तानलाई ४० ओभरमा ३०२ रनको दिइएको थियो । तर, त्यतिबेला पाकिस्तानले ३५ ओभर खेलिसकेको थियो र लक्ष्य भन्दा निकै टाढा थियो । पाकिस्तानको ३५ ओभर खेलेपछि वर्षा भएको थियो । वर्षापछि शुरु भएको खेलमा पाकिस्तानलाई ३० बलमा १३६ रन आवश्यक थियो । तर, पाकिस्तानले ६ विकेटमा ४० ओभरमा २१२ रनमात्र बनाउन सक्यो । पाकिस्तानबीच जारी खेलमा वर्षा भएपछि खेल दोस्रो पटक रोकिएको छ । पहिलो पटक भारतले ब्याटिंग गर्दा रोकिएको थियो भने दोस्रो पटक पाकिस्तानले ब्याटिंग गर्दा रोकिएको हो ।

पाकिस्तानले लगातार विकेट गुमाउँदा कुनै पनि सयम उ खेलमा देखिएन । फकर जमान र बाबर आजमले पाकिस्तानी पारी उकास्ने प्रयाश गरे पनि त्यो पर्याप्त भएन । यी दुईबीच शतकीय साझेदारी भएको थियो । तर, त्यसपछि लगातार विकेट गुमाएपछि पाकिस्तान संकटमा परेको थियो । जमानले ६२m बाबरले ४८ र इमाद वासिमले नटआउट ४६ रन बनाउनु बाहेक अन्यले राम्रो खेल्न सकेनन् ।

भारतका लागि विजय शंकर, हार्दिक पंड्या र कुलदीप यादवले २–२ विकेट लिएका थिए ।

यसअघि भारतका लागि रोहित शर्माले १४० रन बनाए भने विराट कोहलीले ७७ रन बनाए । यस्तै केएल राहुलले ५७ रन बनाए ।

जितसँगै भारत अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा अष्ट्रेलिया छ भने दोस्रो स्थानमा न्यूजिल्याण्ड र तेस्रो स्थानमा भारत आएको छ । इंग्ल्याण्ड चौथो स्थानमा छ । यद्यपी भारतले सबैभन्दा कम खेल खेलेको छ र भारत अपराजित छ ।

पाकिस्तानको अवस्था भने खराब छ । विश्व कपमा हालसम्म भारतलाई पराजित गर्न नसकेको पाकिस्तानको विगत आइतबार पनि दोहोरिएको छ । हालसम्म विश्व कपमा भारत र पाकिस्तानबीच ७ खेल भएका छन् । सबै खेलमा भारत विजयी भएको छ ।

पाकिस्तान हाल अंक तालिकाको ९ औं स्थानमा छ । यो स्थानबाट शीर्ष चारमा रहेर पाकिस्तानलाई सेमिफाइनल पुग्न उसका बाँकी रहेका सबै ४ खेल जित्नुपर्ने हुनसक्छ । पाकिस्तानको नेट रनरेट पनि ऋणात्मक छ ।