सिंहसँगै सुत्ने अनौठो शौख भएका पाकिस्तानी नागरिक

२०७६ असार २ सोमवार
Newsdesk shikharnews

कुकुर बिरालोलाई घरमा राख्नु साधारण कुरा हो तर पाकिस्तानको मुल्तानमा बस्ने जुल्केफ (३३) ले सिंहलाई घरमा पालेर राखेका छन् । उनी दैनिक उक्त सिंहसँग मर्निङ वाकमा निस्कन्छन् र राती सँगै सुत्छन् । जुल्फेकले सिंहको नाम बब्बर राखेका छन् । बब्बरका कारण जुल्केफको परिवारलाई कुनै समस्या नभएको उनी बताउँछन् । उनका अनुसार उनका दुई वर्षका छोरा पनि बब्बरसँग निकै मज्जाले खेल्छन् ।

जुल्फेकले सम्बन्धित निकायबाट सिंहलाई घरमा राख्ने अनुमती लिएको जानकारी दिए । उनका अनुसार बब्बरलाई करिब तीन लाखमा किनिएको थियो र यसलाई पाल्न हरेक महिना दुई लाखको खर्च हुन्छ । यद्यपी, उनले सिंहलाई कहाँबाट किनेको भनेर जानकारी दिन चाहेनन् ।

बब्बर दुई महिनाको हुँदादेखि आफूले पालेको उनले बताए । बब्बर करिब ६ महिनादेखि उनको परिवारमा एक सदस्यको रुपमा बसिरहेको छ । उनी बब्बरलाई कुकुर झैं इमान्दार र मायालु बनाएर मात्रै मर्ने इच्छा राख्छन् ।

सिंहलाई घर ल्याएपछि चर्चित भएः

जुल्फेकका अनुसार सिंहलाई घरमा ल्याएपछि उनी टाढा टाढासम्म चर्चित भएका थिए । वरिपरिका बासिन्दा सिंहसँग सेल्फी लिनका लागि उनको घर आउने गरेको पनि उनले बताए । बब्बरलाई राख्नका लागि उनले छुट्टै स्थान बनाएको जानकारी दिए । उनले बब्बरका लागि छुट्टै बेडरुम पनि बनाएका छन् जसमा एसी पनि राखिएको छ ।

जुल्फेकले भने, ‘मलाई सधैं सिंहसँग लगाव थियो । बब्बरको हेरविचारका लागि मलाई कसैको पनि मद्दतको आवश्यकता पर्दैन । मलाई राम्रोसँग थाहा छ कि उसको हेरविचार कसरी गर्नुपर्छ ।’ अहिले जेल्फेकले बब्बरलाई तालिम दिइरहेका छन् । पाल्तु जनावरको जस्तो रहनसहन सिकाइरहेका छन् ।

यो पनि पढ्नुस्

कठोर निर्णय लिदै प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले विवादस्पद गुठीसम्बन्धि विधेयकबारे कडा निर्णय लिदैछन् । उनले साँझ या भोलिसम्म निर्णय लिने गरी परामर्श थालेका छन् । विधेयक तयार गर्ने सम्बन्धित मन्त्रालयका मन्त्री र अधिकारीहरुप्रति पनि प्रधानमन्त्री असन्तुष्टि भएका छन् ।गम्भीर त्रुटीहरु भएको सूचना पाएपछि किन त्यस्तो भयो रु भनी ओलीले खोजी गर्न लगाएका छन् । प्रधानमन्त्रीले गुठी विधेयक आउनुका कारणहरुबारे समेत गहिरो जानकारी पाइसकेकाले गम्भीर भएको विश्वस्त स्रोतले बताएको छ ।प्रधानमन्त्री ओलीले भूमाफियाविरुद्ध कडा कदम चालिरहेको बखत विवादास्पद गुठी विधेयकबारे गम्भीरता देखाएका हुन् । स्रोतका अनुसार उनी युरोपको भ्रमण सकेर स्वदेश फर्किएलगत्तै गुठी र भूमिबारे जानकारहरुसँग परामर्श गरेका थिए । विधेयकमा गम्भीर त्रुटीबारे जानकारी लिएपछि उनी सचेत भए ।

मन्त्रीलाई बालुवाटारमा बोलावट

प्रधानमन्त्री निकट स्रोतका अनुसार सम्बन्धित अधिकारी र जानकारहरुसँग छुट्टाछुट्टै र सामूहिक भेटघाट पछि भूमि व्यवस्थामन्त्री पद्मा अर्याललाई बालुवाटार बोलाएर विधेयकमा किन त्रुटी भयो भनी सोधेका थिए । संवेदनशील र गम्भीर विषयमा अगाडि बढ्दा भएको त्रुटीबारे सोध्दा अर्याल रातोपीरो भएकी थिइन् ।

स्रोतका अनुसार अर्यालले गुठी संस्थानले जग्गा जोगाउन नसक्ने जिकिर गरेकी थिइन् । उनले विधेयकको बचाऊ गर्न खोजेकी थिइन् । आफ्नै सरकारले ल्याएको विधेयक फिर्ता गर्नुपर्ने अवस्था आएपछि हठी स्वभावका ओली गम्भीर भएका छन् । उनले मन्त्री अर्यालको कार्यशैलीप्रति असन्तुष्टि जनाएको स्रोतले बतायो ।

नेवार नेतासँग छलफल

प्रधानमन्त्री ओलीको ससुराली नेवार समुदायको भएकाले गुठीबारे उनी धेरथोर जानकार छन् । पत्नी राधिका शाक्य गुठी संस्कारसँग जोडिएकी छिन् । नेवार समुदाय नै आफूविरुद्ध आन्दोलनमा उत्रिएपछि ओलीले विधेयकबारे युरोपबाट फर्केलगत्तै बोले । उनले तत्काल विधेयकमा त्रुटी रहे नरहेको जानकारी निकटस्थ जानकारहरुसँग लिएका थिए । काठमाडौं उपत्यकाका गुठीबारे जानकार जनप्रतिनिधि, सांसद र गुठियारसँग छलफल गरेर आलीले चाँडै निर्णय लिने बुझिएको छ । त्रुटीपूर्ण कार्यमा संलग्नलाई समेत कारबाही गर्न पछि नपर्ने बताएकाले गुठी विधेयक ल्याउन भूमिका खेल्ने मन्त्री अर्यालको पद धरापमा परेको छ ।