एउटै रुखमा ४० किशिमको फल कसरी फल्यो ?

२०७६ असार ४ बुधवार
Newsdesk Shikharnews

सामान्यतया एउटा रुख एक किसिमको फलको लागि मात्र चिनिन्छ । तर, संसारमा यस्ता किसिमका रुखहरू पनि सिर्जना गरिएको छ जसमा ४० किसिमको फल फल्ने गर्दछन् । विश्वास गर्न सजिलो नभएपनि, यो सत्य हो । अमेरिकाका भिजुअल आर्टस् प्रोफेसले यस्तो विचित्रको बोट तयार पारेका छन्, जसमा ४० प्रकारका फल फल्ने गर्दछ । यस विचित्रको बोट ‘ट्री अफ ४०’ नामले चर्चित छ । यो विचित्रको बोटको मूल्य सुनेर भने हैरानीमा पर्न सक्नुहुन्छ । यस बोटको मूल्य ३० लाख भन्दा बढी छ । उनले यस्तो बोटको विकासको सुरुवात सन् २००८ मा गरेका थिए । कृषक परिवारमा जन्मिएका कारणले गर्दा फ्रोफेसर वानको खेतीबारीमा उनको लगाव थियो । ग्राििफ्टङ प्रविधिबाट उनले यस्तो बोट तयार पारेका थिए ।

यो पनि पढ्नुस्
एउटा रुखले पुरै गाउँका मानिसलाई अन्धो बनाइदियो

भारतको एउटा गाउँ ‘टिल्टेपक’ का सबै मानिसहरु अन्धो छन् । उक्त गाउँमा बस्दै आएका जोपोटेक जनजातीका मानिसहरु वास्तबमा जन्मदेखि नै अन्धो भने हुँदैनन् । तर, उमेर बढेसँगै विस्तारै उनीहरुले आखाँको ज्योती गुमेको थाहा पाउँछन् । यो के कारणले भएको छ कसैलाई पनि थाहा छैन । यस गाउँमा अन्य थुप्रै रहस्यहरु भेटिन्छन् ।

अजब–गजब व्यवहार देखाउँछन् मानिसहरु
उक्त गाउँमा रहने मानिसहरुको व्यवहार अजब–गजब हुन्छन् । मानिसहरु कोदो र खुर्सानी खाने गर्छन् । उनीहरु कोदो त खानाको लागि खाने गर्छन् तर त्यससँगै सुख्खा खुर्सानी किन खान्छन् कसैलाई थाहा छैन । यस गाउँमा जम्मा ७० वटा झुपडी रहेको छ । तर, कुनै पनि झुपडीमा झ्याल छैन ।

मान्छे मात्र होइन जनावर र पन्छी पनि अन्धा
मानिसहरु मात्र होइनन् उक्त गाउँमा पशु–पन्छी पनि अन्धा छन् । यो गाउँमा पन्छिहरु उडेको देख्न पाइदैन किनकी चरा उड्न खोजेपछि कतै ठक्कर खाएर खस्छन् र धेरै बाँच्दैनन् पनि ।

रातमा पिउँछन् रक्सी
यहाँका मानिसहरु रातमा खाना खाएपछि मदिराको सेवन गर्छन् । त्यहाँका मानिसहरुलाई आफूहरु अन्धो भएकोमा कुनै पछुतो वा दुख छैन । त्यहाँका मानिसहरु काठबाट बनेको हतियार प्रयोग गरेर आफ्नो रक्षा गर्ने गर्छन् ।