‘कबीर सिंह’ले तोड्यो शाहिद कपूरको करिअरका सबै रेकर्ड, पद्मावतको पनि रेकर्ड तोडियो

२०७६ असार ८ आइतवार
Newsdesk shikharnews

काठमाडौं। शाहिद कपूर र कियारा आडवाणीको फिल्म कबीर सिंहले बक्स अफिसमा धमाकेदार सुरुवात गरेको छ । फिल्मले दोस्रो दिन शनिबार २२।७१ करोड कमाइ गरेको छ । पहिलो दिन यो फिल्मले २०।२१ करोड कमायो । यो फिल्मले शाहिद कपुरको करिअरका सबै रेकर्ड तोडिदिएको छ ।
शाहिद कपूर अभिनित फिल्ममध्ये अहिलेसम्म पहिलो दिन सर्वाधिक कमाइ गर्ने फिल्म पद्मावत थियो । २०१८ को जनवरप्मा रिलिज भएको पद्मावतले पहिलो दिन १९ करोड कमाएको थियो । त्यो रेकर्ड अब कवीर सिंहले तोडिदिएको छ । कबीर सिंहको २ दिनको कूल कमाइ ४२।९२ करोड भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीटरमा यसको जानकारी दिएका हुन् । यो धमाकेदार ओपनिङसँगै कबीर सिंहले यस वर्ष सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्मको सूचीमा चौथो स्थान ओगटेको छ । यो फिल्म २०१७ मा रिलिज भएको तेलुगु फिल्म अर्जुन रेड्डीको रिमेक हो ।

यो पनि पढ्नुहोस्

परिणीतालाई किन लाग्यो अर्जुन कपुर बेष्ट किसर र ?

मुम्बई । अभिनेत्री परिणीति चोपडाले अर्जुन कपुर वेष्ट किशर रहेको बताएकी छन् । परिणीतिले बलिउड अभिनेत्री नेहा धुपियाको एक शोमा गएका बेला अर्जुन कपुर र सिद्धार्थ मल्होत्रामा वेष्ट किशरको भन्ने प्रश्नमा अर्जुनको नाम लिएकी हुन् । शोमा नेहाले परिणीतिसँग सोधिन्, ‘सिद्धार्थ मल्होत्रा र अर्जुन कपुरमा को वेस्ट किशर रु’ परिणीतिले दुईसँग सबैभन्दा धेरै फिल्म गरेकी छन् । उनले अर्जुनलाई ‘वेष्ट किशर’ बताइन् । परिणीतिले भनिन्, ‘अर्जुन र मेरो एउटा छुट्टै प्रकारको रिलेशनसिप छ । ऊ मलाई जस्तो छु त्यस्तै रहन दिन्छ । अर्जुन र सिद्धार्थमा म अर्जुनलाई उत्कृष्ट किशर भन्छु । आशा छ अर्जुनले यो सुनिरहेको होला ।’ उनले दीपिका पादुकोणभन्दा पहिला आफूलाई शुजित सरकारको फिल्म ‘पिकू’ अफर आएको पनि खुलाइन् ।

अहिले ब्याडमिन्टन प्लेयर सायना नेहवालको बायोपिकको तयारीमा व्यस्त छिन् । चाँडै यसको छायांकन सुरु हुँदैछ । उनी आफ्नो तयारीको बारेमा सामाजिक सञ्जालमार्फत् फ्यानलाई जानकारी दिइरहेकी हुन्छिन् । परिणीतिले आफ्नो वेष्ट फ्रेन्ड सानिया मिर्जाबाट स्पोर्ट्सको विषयमा सल्लाह पनि लिइरहेकी छन् ।