रासायनिक मलको असर माटोलाई मात्रै होइन मानवलाई पनि

२०७६ असार ९ सोमवार
Newsdesk Shikharnews

आज विश्वभरका लागि बढ्दो जनसंख्या एउटा गम्भीर समस्या साथै चूनौति पनि बनिरहेको छ । आज दुनियाँ इनफ्रास्ट्रक्चरलाई बिकासको नमुनको रुपमा लगिएको पाईन्छ तर कृषिलाई कुनै पनि रुपमा प्रथामिकता दिएको पाईदैन । जसरी जनसंख्या बढ्दो छ अधिक भन्दा अधिक भोजनको आपुर्ति एउटा गम्भिर चुनौति बनेको छ । यसलाई पुर्ति गर्न विभिन्न प्रकारका रासायनिक मल तथा बिषादीहरु प्रयोग गरेर धेरै फलाउने भनेर प्रयोग गरेको पाईन्छ ।

यी मल तथा किटानाशकले प्रकृतिक जैबिक र अजैबिक पदार्थहरु बीच आदान प्रदानको चक्रलाई प्रभावित गरेको पाईन्छ । आज जमिनको उर्वर शक्ति खराब मात्रै होइन वातावरणमा प्रदुषित गरि मानव जीवनको स्वास्थ्यमा समेत नराम्रो असर गरेको पाईन्छ । आज राज्य लाचार मात्रै होईन भ्रष्ट भएको छ । यति संबेदनशील कुरा थाहा हुँदाहँुदै पनि कमिसनको खेलमा राज्यकोषको दुरुपयोग गरि रासायनिक मलको प्रचार प्रसारमा व्यस्त छ ।

हिजो बाउबाजेको पालामा उहाँहरूको आयु ९० बर्ष भन्दा माथि थियो तर आज दुखका साथ भन्नू पर्छ नेपालिको आयु ५० बर्ष । त्यसमा पनि विभिन्न रोगका पीडामा जिन्दगी बिताउनु परेको छ । आज यसैलाई मध्यनजर गर्दै बजारमा विभिन्न कम्पनीले जैबिक मल ल्याएका छन् । यस्तै एक हो–आरती एग्रिटेक प्रा.लि. । यस कम्पनीले डबल ईगल नामक जैबिक मल बजारमा ल्याएको छ । थाईल्याण्डको अत्याधुकि प्रविधिको प्रयोग गरि उच्च अनुभवि कृषि विशेषज्ञहरू तथा प्राविधिज्ञहरुको विशेष निरीषणमा उत्पादन गरि विक्रि वितरणमा ल्याएको छ । यो मलले नेपाली कृषीमा टेवा पुर्याउन सक्छ।
जनक फडेरा
कृषि प्राविधिक