दिनमै ३ समय पटक यौन सम्पक राख्ने चरा

२०७६ असार ९ सोमवार
Newsdesk Shikharnews

हेर्दा सानो भएपनि भङ्गेरामा अद्भूत यौन शक्ति हुन्छ । उसले दैनिक तीनसय पटक भन्दा बढी यौन सम्पर्क गर्छ ।भङ्गेराको यौन क्षमताबारे विद्धानहरुले वर्णन गर्ने गरेका छन् । यसबारे वैज्ञानिक अध्ययन अनुसन्धान समेत भएको छ ।पोथी भङ्गेराले प्रजननका समयमा भालेमाथि प्रभुत्व जमाउने गर्छे । सन् २००० मा जोडी एम। जओरले अक्सफोर्ड जर्नलमा प्रकाशित गरेको लेखमा पोथीले भालेमाथि प्रजननका बखत जमाउने प्रभुत्वबारे उल्लेख छ ।

तापक्रम र मौसमले पनि भङ्गेराको यौन सम्पर्कको संख्यामा फरक पर्दछ । सबैभन्दा बढी सम्पर्क प्रजननको समयमा हुनेगर्छ । सरदर दैनिक तीन सय पटक भन्दा बढी यौन सम्पर्क भने गरेकै हुन्छ ।भङ्गेरामा यौन स्वच्छन्दता हुन्छ । एक अर्काको जोडीसँग दैनिक सयौं पटक यौन सम्पर्क गर्छन् । पोथी भङ्गेराले एक वर्षमा दुई देखि तीनपटक सम्म अण्डा पारेर बच्चा कोरल्ने गर्छे । भङ्गरेलाई कामुक चराका रुपमा बुझिन्छ । सेक्सपियरले भङ्गेरालाई यौन कार्यसँग जोडेका छन् ।

प्रहरीले नै यौन सम्पर्कका लागि जबरजस्ती गर्न खोजेपछि‘
काठमाडौं, ९ असार । ओखलढुंगामा प्रहरीले महिलालाई दुव्र्यवहार गरेपछि स्थानीयले चौकी घेराउ गरेका छन् । प्रहरी चौकी श्रीचौरका प्रमुख समेत रहेका प्रहरी सहायक निरीक्षक असई प्रशुराम विश्वकर्माले एक महिलालाई यौन दुव्र्यवहार गरेको भन्दै स्थानीयले आइतबार राति प्रहरी चौकी घेराउ गरेका हुन् ।

नयाँ पत्रिकाका अनुसार मदिरा सेवन गरेर अचेत अवस्थामा पुगेका असई विश्वकर्माले स्थानीय एक होटलमा आफुलाई यौन दुव्र्यवहार गरेको भन्दै महिला चिच्याएपछि स्थानीय आक्रोशित भएका थिए । प्रहरीले संवेदनशिल अंगमा समातेर यौन सम्पर्कका लागि जबरजस्ती प्रस्ताव गरेको पीडित महिलाले बताएकी छन् ।

‘म खाएर बसेको ठाँउमा पुलिस आएर मलाई नराम्रो व्यवहार गर्यो,’ पीडित महिलाले भनिन्, ‘अनि मैले २ झापट दिएँ र गुहार मागेर चिच्याएँ अनि भाग्यो ।’प्रहरीबाटै महिला असुरक्षित भएपछि दोषीलाई कारबाहीको माग गर्दै चौकी घेराउ गरिएको स्थानीय युवा पदम तामाङले बताए ।

‘सुरक्षा दिने प्रहरीबाटै असुरक्षा भोग्नु परेको छ,’ उनले भने, ‘हामी कानुनी कारबाही नभएसम्म चुप बस्दैनौं ।’ प्रहरीले मदिराको तालमा महिलामाथी दुव्र्यवहार गरेको हल्ला फैलिएपछि गाउँका अधिकांश मानिसहरु राति नै चौकी घेर्न पुगेका थिए । घेराउमा रातभर गाउँका पुरुषहरु सहभागी थिए । बिहान उज्यालो भएपछि ठूलो संख्यामा महिलाको उपस्थिती छ । यसअघि पनि श्रीचौरमा कार्यरत प्रहरीले मदिरा सेवन गरेर महिलामाथि हिँसा गरेका घटनाहरु सार्वजनिक भएका थिए ।

आक्रोशित व्यक्तिहरुले असई विश्वकर्मा र चौकी माथि आक्रमण गर्ने अवस्था आएपछि स्थानीय अगुवाहरुले नै सुरक्षा दिएका थिए । ‘हामीले अन्न फलाएर खाने जग्गा दिएर, चन्दा उठाएर बनाएको चौकीको भवन क्षति हुने अवस्था आएपछि आफैं गएर चौकी र प्रहरीको सुरक्षा दियौं ।’ स्थानीयको भनाई उद्रित गर्दै घटनास्थलबाट पत्रकार शिवकुमार कार्कीले भने, ‘असईलाई कुटेर मात्रै रिस फेर्ने भनेर आएको भीडलाई साम्य पार्न निकै हम्य–हम्य भयो । अहिले दुवै पक्ष राखेर कुरा भइरहेको छ ।’ वडा अध्यक्षसहितका जनप्रतिनिधि र स्थानीय बसेर घटनाका विषयमा छलफल गरिरहेका छन् ।

प्रहरी र पीडित महिलालाई राति नै स्वास्थ्य परिक्षण गरिएको थियो । परीक्षण गर्दा महिला र प्रहरी दुवैले अत्याधिक मदिरा सेवन गरेको पाइएको स्वास्थ्य चौकी श्रीचौरको रिपोर्टमा उल्लेख छ ।