कसैको प्रेममा हुनुहुन्छ ? यौन चाहना हँदा देखाइने लक्षणहरु जान्नुहोस्

२०७६ असार ११ बुधवार
Newsdesk shikharnews

काठमाडौं, असार ११ । प्रेममा यौनको कति जरुरी होला रु कतिले यसलाई जरुरी ठान्छन् भने कतिले खासै महत्त्व दिँदैनन् । धेरैजसोका भनाइमा चाहिँ प्रेममा यौन आवश्यक हुन्छ ।यसमा के हुन्छ, के हुँदैन भन्दा पनि मासिनको आफ्नो बुझाइ र भोगाइमा भर पर्ने कुरा हो । कतिले प्रेमलाई यौनसँग गाँसेर भोग गर्छन् भने कतिलाई प्रेममा यौन आउन नदिई आदर्श प्रेममा रमाउँन खोज्छन् । मानिसले यसलाई जसरी लिन्छन्, त्यसमै भर पर्ने कुरा हो ।यदि तपाईं आफ्नी प्रेमिका वा प्रेमीसँग धेरै समय सेक्सकै वरिपरि रमाउन चाहनुहुन्छ भने त्यहाँ प्रेम नभई शारीरिक वासना मात्रै झल्किन्छ । त्यसले प्रेम सम्बन्ध नै धरापमा पार्न सक्छ । त्यसैले प्रैम र यौन दुवैलाई समझदारीमा चलाउनु ठीक हुन्छ ।

प्रेम सम्बन्धमा रहेका युवा–युवती उपयुक्त एकान्त भेट्नसाथ यौन सम्बन्ध बनाउन पछि पर्दैनन् । त्यसमा पनि यस्तो मामिलामा केटाहरू हतारिन्छन् । तर, धेरैजसो अवस्थामा केटीहरू प्रेममा भए पनि अपेक्षाविपरीत केटा साथीबाट यौन प्रस्ताव आए वा त्यस्तो व्यवहार भए अपाच्य ठान्छन् । वा, भनौं उनीहरूले त्यसलाई राम्रो मान्दैनन् ।विभिन्न अध्ययनमा यो देखिएको छ कि, धेरै युवतीले उनीहरूको यौन चाहनालाई प्रेमीले आँफैं बुझोस् भन्ने चाहन्छन् । तर, कतिपय अवस्थामा प्रेमी यस्ता अवस्थाबाट चुकिरहेका हुन्छन् ।

यदि सही समयमा एकले अर्काको भावना बुझ्न सकेन र आवश्यकता पूरा गर्न सकिएन भने प्रेम हुँदा हुँदै पनि सम्बन्धको जग हल्लिन सक्छ ।आखिर केटाकेटीले एकअर्काको यौन चाहना कसरी थाहा पाउने त रु नर्थवेस्टर्न युनिभर्सिटी इलिनोयसको सेक्सुअलिटी कार्यक्रमको थेरापिसस्ट पामेला श्राफले गरेको एक अध्ययन प्रतिवेदनमा उल्लेख भएका केही सुझाव यहाँ राखिएको छ ।

के चाहन्छन् केटीहरु

प्रायः केटाहरू एकान्त भेट्नासाथ केटी साथीसँग शारीरिक सम्बन्ध राख्न रुचाउँछन् । वा, त्यस्तो व्यवहार गर्छन् । तर, केटीहरू भने एकैपटक त्यस्तो व्यहवार चाहँदैनन् । उनीहरू आफ्नो केटा साथीले आफूसँग रमाइला कुरा गरोस्, रामोन्टिक कुरा गरोस्, नन–सक्स टच गरोस्, सेक्सी किस्सा सुनाओस् भन्ने चाहन्छन् ।

यसरी थाहा पाउनुहोस् युवतीको सेक्स चाहना ा

– यदि केटीहरूले कुनै दिन अफिस वा क्याम्पस वा कतै छँदा केटा साथीलाई कतै घुम्न जाने वा सिनेमा हेर्न जाने अफर गरिन् भने उनको मनमा केही छ भन्ने बुझ्न सकिन्छ ।

–तपाईंलाई भेट्टा केटीले कुनै फिल्म, पुस्तक वा नाटकको विषय लिएर सेक्सबारे कुरा निकालिन् भने त्यो बेला उनले सेक्स इच्छा गरिरहेकी छन् भनेर बुझ्न सकिन्छ ।

– तपाईंकी केटी साथीले राति अबेरसम्म तपाईंसँग फोन गरेर प्रेमिल कुरा गर्न खोेज्छिन ्वा सामाजिक सन्जालमा पनि राति रोमान्टिक कुरा गर्न खोज्छिन् भने बुझनुस्, उनले तपाईंलाई स्वागत गरिरहेकी छन् ।

–कुनै दिन सँगै छँदा तपाईंकी प्रेमिकाले तपाईंको रूपको प्रशंसा गरिन् वा पहिरनको प्रशंसा गरिन् भने उनलाई तपाईंबाट अर्कै कुराको आशा गरिरहेकी छन् भन्ने बुझ्न सकिन्छ ।

– यदि तपाईंकी प्रेमिकाले तपाईंलाई मोबाइल, ट्वीटर वा फेसबुकमा सेक्सम्बन्धी भिडियो, कुनै कुरा पढ्न लिंक वा कुनै फिल्म हेर्न सुझाव दिन्छिन् भने उनको दिमामा सेक्सको विषयले ठाउँ पााएको छ भन्ने बुझन् सकिन्छ ।

–यदि तपाईंकी प्रेमिकाले बाहिर भेट्दा पटक–पटक हात समाउँछिन्, वा चुम्बन गर्छिन् वा तपाईंको गाला÷कपाल सुमसुम्याउँछिन् भने उनमा यौन चाहना जागृत भएको छ बुझन् ढिला गर्नु हुँदैन ।

–यदि प्रेमिकाले आफ्नो विशेष दिन जस्तै जन्मदिन वा कुनै खुसीको दिन कतै टाढा घुम्न वा रमाउन जाने प्रस्ताव गरिन् भने उनले तपाईंबाट केही नयाँ कुराको चाहना राखिरहेको हुन सक्छ ।

एजेन्सीको सहयोगमा